SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 4 小時前

    What actions is Victoria taking to address mosquito-borne diseases in regional regions? - लामखुट्टे विरुद्ध भिक्टोरिया सरकारको अभियान

    The Victorian Government has announced free vaccination programs against Japanese Encephalitis Virus (JEV) for eligible people, especially those living or working in high-risk regional locations. Dr Sandesh Pantha is a registrar at the emergency department of Latrobe Regional Hospital in Traralgon, Victoria. SBS Nepali spoke with Pantha about mosquito-borne diseases, their symptoms, potential risks, vaccination and ways to prevent infection. - भिक्टोरिया सरकारले गर्मीको मौसम बढ्दै जाँदा लामखुट्टेबाट सर्ने रोगहरूबाट बच्न रिजनल भिक्टोरियाका मानिसहरूका लागि निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेको छ। यसै सन्दर्भमा, ट्रालगनस्थित लट्रोब रिजनल हस्पिटलको इमर्जेन्सी विभागमा रजिस्ट्रारका रूपमा कार्यरत डाक्टर सन्देश पन्थसँग लामखुट्टेबाट सर्ने रोगहरू, तिनका लक्षण, सम्भावित जोखिम, उपलब्ध खोप लगायतका विषयहरूमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    14 分鐘
  2. 6 小時前

    ‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहर

    Thousands of people across Australia gathered to share a minute's silence at Remembrance Day services across the country on Tuesday, 11 November 2025. SBS Nepali spoke with veterans about the significance of this day and how younger generations reflect on it. Currently a defence analyst in private practice, Ranjit Shamsher Jung Bahadur Rana, who has been living in Adelaide since 1978, shared his insights. Rana, who joined the Australian military as a Private on October 10, 1980, said he was affiliated with the 16th Air Defence Regiment Workshop based in South Australia. Similarly, Sydney-based former Gurkha soldier Shyam Bahadur Gurung, who came to Australia in 1989, also shared his thoughts. Gurung said he served in the British Army for about 15 years. The corporal also recalled serving in the Brunei conflict during the 1960s and living in Hong Kong and England before eventually settling in Australia. In the same context, Heupati Gurung, president of the Tamu Society Sydney, who has been taking part in similar commemoration programs, reflected on history and remembered the contributions of his ancestors. - प्रथम विश्वयुद्ध र त्यसपछि भएका युद्धहरूमा ज्यान गुमाएका सैनिक र नागरिकहरूको सम्झनामा मनाइने रिमेम्ब्रेन्स डे मङ्गलवार, नोभेम्बर ११ मा अष्ट्रेलियाभर सम्पन्न भएको छ। उक्त दिनको महत्त्व र यसका बारेमा नँया पुस्ताहरूले कसरी मनन गर्नु पर्छ भनी हामीले एडिलेडमा सन् १९७८ देखि बसोबास गर्दै आएका रण्जित शमशेर जङ्गबहादुर राणालाई हामीले सोधेका थियौँ। सन् १९८० को अक्टोबर १० देखि आफू अस्ट्रेलियाको सैन्य सेवामा एक प्राइभेटका रुपमा प्रवेश गरेको बताउने राणा १६ औँ एअर डिफेन्स रेजिमेन्टसँग आबद्ध रहेका थिए र हाल उनी निजी रूपमा रक्षा विशेषज्ञका रूपमा कार्यरत छन्। यसै सन्दर्भमा, सन् १९८९ मा अस्ट्रेलिया आएका पूर्व गोर्खा सैनिक श्यामबहादुर गुरुङले पनि आफ्नो विचार राखेका छन्। करिब १५ वर्ष बेलायती सेनामा रहेका गुरुङ एक कर्पोरलका रूपमा कार्यरत रहेको बताउँछन्। सन् १९६० को दशकमा ब्रुनाइको लडाइमा परेको र हङकङ, बेलायत लगायतका ठाउँहरूमा बसोबास पछि अस्ट्रेलिया आएको उनको भनाइ छ। त्यस्तै, सैन्य सम्मान कार्यक्रमहरूमा सहभागी हुँदै आएका तमु समाज सिड्नीका अध्यक्ष हिउँपति गुरुङले पनि इतिहासलाई फर्किएर हेर्दै आफ्ना पुर्खाहरूको योगदानलाई सम्झिएका छन्। कुराकानीहरू एसबीएस नेपाली पोडकास्टमा सुन्नुहोस्।

    9 分鐘
  3. 20 小時前

    Krishna Hamal’s Australian Story (Episode 3): 'That fish head!' - कृष्ण हमालका कुरा कमालका! (भाग ३)

    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his memorable experiences during his early years in Canberra, and some moments from his residence in Canberra before moving down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए र लामो समयदेखि अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। हमालसँगको कुराकानीको यो तेस्रो भागमा क्यानबरा र त्योभन्दा अगि क्यानडा बस्दाका केही रमाइला अविस्मरणीय क्षणहरूबारे सुन्नेछौँ।

    8 分鐘
  4. 22 小時前

    Deadly car blast near India’s Red Fort kills at least eight - भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन

    A powerful car explosion near New Delhi’s historic Red Fort has killed at least eight people and injured around twenty others. The blast, which erupted near the Red Fort metro station in the city's old quarter, tore through one of the city’s busiest streets, setting vehicles ablaze and scattering debris and human remains along the road. WARNING: Contains references to the effects of the blast which some may find distressing. - नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।

    6 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容

你可能也會喜歡