1 hr 28 min

EP0018: अमेरिकामा दशैं तिहार जस्ता चाडपर्व नेपाल भन्दा एकदिन पहिला कसरी ‪?‬ Untold Stories Podcast

    • Entrepreneurship

अनटोल्ड स्टोरीज पोडकास्टको यो एपिसोडमा हामी डा. लक्ष्मीनारायण ढकाल र ज्योतिष पदम ढकालसँग अमेरिकामा दशैं तिहार जस्ता चाडपर्व नेपाल भन्दा एकदिन पहिला किन पर्छ भन्ने विषयमा कुरा गर्नेछौं।

डा. लक्ष्मी ढकालको जन्म भुटानको दागापेलामा भएको थियो । ९० को दशकको प्रारम्भमा डा. ढकाल र उनको परिवार भुटानबाट विस्थापित भएर नेपालको शरणार्थी शिविरमा बसे। नेपालमा रहँदा डा ढकालले भारतमा अध्ययन जारी राखे र बनारस हिन्दू विश्वविद्यालयबाट दर्शनशास्त्रमा पीएचडी गरे। उनले भारतको दिल्लीमा संस्कृत गुरुको रूपमा अध्यापन गरे। डा ढकाल हाल लुइभील , केन्टकीमा बस्छन्। उनी अमेरिकामा नेपाली भाषा र साहित्यको संरक्षण र संवर्धन गर्ने अभियानका सशक्त अभियन्ता र योग ध्यानका शिक्षक पनि हुन् । डा. ढकालले २ वटा महत्वपूर्ण कृति प्रकाशित गरिसकेका छन् । १. वासदेखि पुनर्वाससम्म ( ऐतिहासिक आत्मसंस्मराणात्मक निबन्ध) जो २०२१ मा अनेसासको डायस्पोरा सर्वोत्कृष्ट वांगमय पुरस्कार जीत्न सफल भएको छ । यही वर्ष २०२२ मा अर्को कृति “ डायस्पोरामा भाषाशिक्षण “ एक सैद्धान्तिक विवेचन “ प्रकाशित भएको छ । यी दुवै कृतिहरू एमाजोनमा उपलब्ध छन् ।डा. ढकाल ज्योतिष एवम् अध्यात्मिक अनुसन्धान केन्द्र'का निर्देशक हुन् !

ज्योतिषी पद्मलाल ढकालको जन्म भुटानको दगापेलामा भएको थियो । उनले २१ वर्षको उमेरमा ज्योतिषी प्रजापति नेपालबाट अनौपचारिक शिक्षा प्रारम्भ गरेका थिए । जोतिषी ढकाल डीग्रीधारी विद्वान होइनन्, तर उनीसँग नेपाली र भुटानी समुदायमा उत्कृष्ट जोतिषी बन्नको लागि यस क्षेत्रमा अपार ज्ञान र अनुभव छ । जोतिषी ढकालले भारतको सिलगढीमा विभिन्न जोतिषी र गुरुहरूबाट अनौपचारिक/व्यावहारिक शिक्षा पनि प्राप्त गरेका थिए। उनी ‘मारुति नन्दन पञ्चाङ्ग’का लेखक हुन् ।

⭐FOLL