66 episodes

आफ्नो एफ एम - मानव विकास तथा सामुदायिक सेवा (HDCS) द्धारा ओखलढुङ्गामा सञ्चालित पहिलो सामुदायिक रेडियो हो । जसले मानव विकास, सेवा र समुदाय रुपान्तरणको लागि काम गर्दछ ।

Afno FM 104.8Mhz Afnofm

    • News

आफ्नो एफ एम - मानव विकास तथा सामुदायिक सेवा (HDCS) द्धारा ओखलढुङ्गामा सञ्चालित पहिलो सामुदायिक रेडियो हो । जसले मानव विकास, सेवा र समुदाय रुपान्तरणको लागि काम गर्दछ ।

    कार्यक्रम स्वास्थ्य संसार S13/Episode-3

    कार्यक्रम स्वास्थ्य संसार S13/Episode-3

    हाम्रो सानोतिनो असावधानी या अज्ञानताले जीवनमा ठूलो समस्या निम्तिन सक्छ । वास्तवमा हाम्रो समाजलाई नियाल्ने हो भने यस्ता थुप्रै घटनाहरु पाईन्छ । र यस्ता जानअन्जान गलत कार्यहरु हामीहरुबाटै भईरहेको हुन्छ । आज यस्तै एउटा कथा प्रस्तुत गर्नेछु ताकि यस कथाबाट हामीले सिक्न र सचेत भएर यस्ता दुर्घटनाबाट बच्न सकौं भन्ने मेरो उद्देश्य हो । सुनिता तामाङ ओखलढुंगा खिजिदेम्बा गाउँपालिका खिजिफलाटेका हुन । उनी ओछ्यान परेको १ वर्ष बढि भईसक्यो । उच्चरक्तचापको समस्याले उनी ढल्न पुगे । आर्थिक अवस्था कम्जोर भएका उनको रिनपान गरेरै उपचार गरे पनि हातखुट्टा चल्न सकेका छैनन । उपचार गर्दाको रिनको भारले थिचेको छ । यसरी उनी स्वस्थ नहुनु, रिनको भार र सानो नानीहरु उनीहरुको अवस्थाले उनमा मानसिक समस्या समेत देखिन थालेको छ । म उनकै घरमा पुगेर सुनिता र उनका श्रीमानसँग कुराकानी गरेकी छु । बाँकी चाहि उनीहरुसँगको कुराकानी बाट न ै  ःःःःःःःःः

    • 24 min
    कार्यक्रम स्वास्थ्य संसार S11/Episode-24

    कार्यक्रम स्वास्थ्य संसार S11/Episode-24

    रक्स्याहापन एउटा सामाजिक रोग हो । अधिकाँश अपराधका घट्नाहरु मादक पदार्थ सेवनकै कारण हुने गरेको छ । मादक पदार्थ सेवनले धन,जन र मनको क्षति गर्दछ । खास रक्स्याहापन के हो ? मानिसहरु कसरी रक्सीको लतमा फस्दछन ? रक्सीले कसरी सामाजिक, आर्थिक, मानसिक र स्वास्थ्यमा असर गर्दछ ? कसरी रक्स्याहापनबाट बच्न सकिन्छ ? यसबारे मैले ओखलढुंगा सामुदायिक अस्पताल सामाजिक विभागका मनोविमर्शकर्ता जङ्गी राईसँग कुराकानी गरेकी छु । कार्यक्रमका लागौं कुराकानी तर्फ नै ःःःःःःः

    • 29 min
    कार्यक्रम दृष्टिकोण (Dristikon) S11/Episode-30

    कार्यक्रम दृष्टिकोण (Dristikon) S11/Episode-30

    रिता कुमारी श्रेष्ठ ओखलढुंगा खिजिदेम्बा रगनीका हुन । उच्चरक्तचापको समस्याका कारण उनी ढल्न पुगे । उनको उपचारको लागि लाखौं खर्चिए पनि उनी पुर्ण रुपमा निको हुन सकिनन । उनका दुई सन्तान पनि छन । उनमा समयस्या भए पछि उनको हेरचाह उनका बुबाआमाले नै गर्दै आएका छन । मानसिक सन्तुलन गुमे पछि उनले आफुले के बोल्दैछु भन्ने कुरा पनि हेक्का हुँदैन । उनी कतै बाटो लागे भने घर फर्किन जान्दिनन । त्यसैले उनलाई एउटा कोठा भित्र थुनेर राख्न उनका आमाबुबा बाध्य छन । उनीहरुकै घरमा पुगी रिता र उनका बुबासँग भलाकुसारी गरेकी छु । बाँकी चाँहि भलाकुसारीबाट नै  ःःःःःःःःः

    • 23 min
    कार्यक्रम स्वास्थ्य संसार S12/Episode-23

    कार्यक्रम स्वास्थ्य संसार S12/Episode-23

    श्रोता आजको बसाईमा मानसिक रोगका प्रकारहरु मध्ये छारेरोगको बारेमा जानकारी पाउन सक्नु हुनेछ । यसलाई कतिपय ठाउँमा छोपुवा व्यथा पनि भन्ने गरिन्छ । छारे रोग भनेको के हो ? के कारणले यो रोग लाग्ने गर्दछ ? छारेरोग लागेको कसरी थाहा पानउे ? र यसको उपचारबारे ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डाक्टर शिखा मास्केसँग कुराकानी गरेकी छु । कार्यक्रममा लागौं कुराकानी तर्फनै ःःःःःःःःःःःःःःःःःःःःः

    • 28 min
    कार्यक्रम स्वास्थ्य संसार S12/Episode-20

    कार्यक्रम स्वास्थ्य संसार S12/Episode-20

    सबै समस्याको समाधान आत्महत्या होइन । बरु आत्महत्याले धेरै समस्याहरु निम्त्याउँदछ । श्रोता गतहप्ता यसै ओखलढुंगा सामुदायिक अस्पतालका नर्सिङ्ग प्रमुख कृष्टिना पृथीसँग गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारीत समय सकिएको थियो । र कुराकानीको बाँकी अंश आजको कार्यक्रममा जोड्ने बाचा गरेकी थिएँ । यसर्थ अब लागौं कार्यक्रममा कुराकानी तर्फ नै   ःःःःःःःःः

    • 27 min
    कार्यक्रम स्वास्थ्य संसार S12/Episode-19

    कार्यक्रम स्वास्थ्य संसार S12/Episode-19

    आत्महत्याका थुप्रै कारणहरु छन । तर धेरै मानिसहरु मानसिक समस्याबाट गुज्रिएर आत्महत्यासम्म पुग्दछन । आत्म हत्या गर्न कसैलाई रहर हुँदैन । अनि सबैलाई थाहा छ कि आत्महत्या गर्नु महापाप हो । तर पनि आज विश्वमा आत्म हत्या गर्नेको संख्या वृद्धि भईरहेको छ । सन २०२१ २२ मा विश्वमा ७ लाख भन्दा धेरै मानिसहरुले र नेपालमा ७ हजार भन्दा बढिले आत्महत्या गरेको तथ्यांकमा छ । र पछिल्लो समय ओखलढुंगामा पनि आत्महत्या वृद्धि भईरहेको छ । तसर्थ आजको बसाईमा आत्महत्या के हो ? मान्छेले किन आत्महत्या गर्छ ? यसैबारेमा जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालका नर्सिङ्ग प्रमुख कृष्टिना पृथीसँग कुराकानी गरेको छु । कार्यक्रममा लागौं कुराकानी तर्फ नै   ःःःःःःःःः

    • 26 min

Top Podcasts In News

Forklart
Aftenposten
Det Store Bildet
Brandpeople og Bauer Media
Pod Save America
Crooked Media
The Daily
The New York Times
The Rest Is Politics
Goalhanger Podcasts
Alt fortalt
VG