12 episodios

सनातन ज्ञान हो। सनातन नित्य रहिरहन्छ। सनातन सुनिश्चल रहन्छ।अर्थात् सनातन भनेको सधैँ हुने नित्य वस्तु हो। परापूर्व कालदेखि चलिरहेको ऋषिमुनिहरूको जीवनजगत्-सम्बन्धित दार्शनिक चिन्तनलाई युगसापेक्ष माध्यमबाट पुनर्व्यक्त गर्नु नै सनातन श्रव्यचिन्तनको ध्येय हो। सनातन रत्नलाई विश्वसामु सुलभ गराउनु सनातन श्रव्यचिन्तन(पोडकास्ट) हो।


It is eternal knowledge. Sanatan remains forever. Sanatan remains stable. That is, Sanatan is an everlasting thing. The goal of Sanatan Shravya Chintan is to re-express the life-related philosophical thoughts of the sages which have been going on since time immemorial. Ma

Sanaatana | सनात‪न‬ Kamalesh Dawadi

    • Cultura y sociedad

सनातन ज्ञान हो। सनातन नित्य रहिरहन्छ। सनातन सुनिश्चल रहन्छ।अर्थात् सनातन भनेको सधैँ हुने नित्य वस्तु हो। परापूर्व कालदेखि चलिरहेको ऋषिमुनिहरूको जीवनजगत्-सम्बन्धित दार्शनिक चिन्तनलाई युगसापेक्ष माध्यमबाट पुनर्व्यक्त गर्नु नै सनातन श्रव्यचिन्तनको ध्येय हो। सनातन रत्नलाई विश्वसामु सुलभ गराउनु सनातन श्रव्यचिन्तन(पोडकास्ट) हो।


It is eternal knowledge. Sanatan remains forever. Sanatan remains stable. That is, Sanatan is an everlasting thing. The goal of Sanatan Shravya Chintan is to re-express the life-related philosophical thoughts of the sages which have been going on since time immemorial. Ma

    शरीरसृष्टि

    शरीरसृष्टि

    ‘शरीरसृष्टि’ श्रव्यचिन्तनमा आत्माको भोग गर्ने आयतन- शरीरको विवेचना गरिएको छ। ‘शृ हिंसायाम्’ अर्थात् ह्रासवृद्धि हुने वस्तु नै शरीर हो। जीवले बाह्य विषयको ग्रहण पञ्चज्ञानेन्द्रिय र पञ्चकर्मेन्द्रियका माध्यमले गर्दछ भने अन्तर्जगत्को ज्ञान मन, अहंकार र बुद्धिका माध्यमले गर्दछ। यसरी गरिने भोगमा पनि तीन अवस्थाहरु हुन्छन्- जाग्रत्, स्वप्न र सुषुप्ति। जाग्रत् अवस्थामा इन्द्रियहरू आफ्नो विषयसँग जोडिन्छन् र त्यसबाट भोग हुन्छ। कानले शब्द, छालाले स्पर्श, आँखाले रूप, जिब्रोले रस र नाकले गन्धको ग्रहण गर्छ। सुखदुःखादिको भोग बुद्धिले गर्छ। जाग्रत् अवस्थामा इन्द्रियहरू क्रियाशील भएर भोग गर्छन् तर स्वप्नमा भोग केवल मनका माध्यमले हुन्छ। सुषुप्ति अवस्थामा त मन पनि लीन हुन्छ, अत: केवल अज्ञानको मात्र अवस्थिति रहन्छ। यसै अज्ञानलाई हटाउनु नै जीवनको लक्ष्य हो। देश, काल, कर्मफलादिको बन्धनबाट छुटाउने प्रयत्न गर्नु नै मानव शरीरको मुख्य प्रयोजन हो।



    Sarir Sristi' audio-contemplation discusses the role of the body in relation to Aatma. 'Shre Hinsayam', that is,the sarir(body) is a thing that decreases and increases. The living entity receives external things through the five knowing senses and the five working senses, while the inner world is received through Mana, Ahankar and Buddhi. There are three states in this kind of indulgence - Jagrat(waking), Swapna(dreaming) and Sushupti(deep sleep). In the Jagrat state, the senses are connected to the subject and enjoy it. The ear connects words, the skin connects touches, the eyes connects shape and vision, the tongue connects juices, and the nose connects odors. Buddhi enjoys happiness and sorrow. In the Jagrat state the senses are actively enjoying, but in Swapna the enjoyment is only through the Mana. In the state of Sushupti, the Mana is also absorbed, so only ignorance remains. The goal of life is to remove this ignorance. The main purpose of the human body is to try to free oneself from the bondage of space, time and karma.

    • 14 min
    चक्रसृष्टि

    चक्रसृष्टि

    ‘चक्रसृष्टि’ श्रव्यचिन्तनमा चक्रका बारेमा विवेचना गरिएको छ। क्रियते अनेन अर्थात् शक्ति सञ्चालन गर्ने केन्द्र नै चक्र हो। लययोगमा षट्चक्र प्रसिद्ध छन्- मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्ध र आज्ञा। षट्चक्रको समष्टि सहस्रार चक्रलाई मानिन्छ। कमलको फूल जस्तै भावना गरिएको चक्रमा आधार, बीज, कर्णिका, पात, देवता, योगिनी, लिङ्गादि रहन्छन्। यसै कारणले चक्रको स्वरूप फरकफरक हुन्छ। पृथिवीतत्त्वसँग सम्बन्धित मूलाधारचक्र गुदाबाट २ अंगुल माथि कन्ददेशमा रहेको हुन्छ। जलतत्त्वसँग सम्बन्धित स्वाधिष्ठानचक्र लिङ्गमूलमा रहेको हुन्छ। तेजतत्त्वसँग सम्बन्धित मणिपूरचक्र नाभिमा रहेको हुन्छ। वायुतत्त्वसँग सम्बन्धित अनाहतचक्र हृदय देशमा रहेको हुन्छ। आकाशतत्त्वसँग सम्बन्धित विशुद्धचक्र कण्ठमा रहेको छ। मनतत्त्वसँग सम्बन्धित आज्ञाचक्र भ्रूमध्य(आँखिभौँको बीच)मा रहेको हुन्छ। यी सबैभन्दा माथि शिरमा सहस्रारचक्र रहेको हुन्छ। शरीरमा शक्ति सञ्चालन चक्रका माध्यमबाट हुन्छ। विशेषतः कुण्डलिनी शक्ति मूलाधारचक्रमा र पुरुषतत्त्व सहस्रारचक्रमा रहन्छन्। कुण्डलिनी शक्तिलाई पुरुषतत्त्वमा लय गराउने बाटो सुषुम्णा नाडी हो र यसमा नै षट्चक्र रहेका हुन्छन्।



    ‘Chakra Sristi' deals with chakras. The chakra is the center of action. The six chakras are famous in Layayoga - Muladhara, Swadhisthana, Manipur, Anahata, Vishuddha and Ajna. The aggregate of the six chakras is considered to be the Sahasrara chakra. The chakra is like a lotus flower and has base, seed, gametes, leaf, devata, yogini, linga. Due to this, the shape of the chakra varies. Muladhara chakra,related to Prithvi-tattva, is located 2 inches above the anus. Swadhisthana Chakra,related to Jala-tattva, is at the root of gender. Manipur Chakra associated with Tejas-tattva is located in the navel region. Anahata Chakra related to Vayu-tattva is located in the heart region. Vishuddha Chakra related to Aakash-tattva is in the throat region. Ajna Chakra related to Mana-tattva is in the middle of the eyebrows. At the top of these is the Sahasrara Chakra,at top of head. The shakti movement in the body takes place through the chakras. In particular, the Kundalini-shakti resides in the Muladhara Chakra and the Purusha-tattva in the Sahasrara Chakra. The Sushumna-nadi going through the spine is the way to harmonize the Kundalini-shakti with the Purusha-tattva and it contains the six chakras.

    • 14 min
    अर्थसृष्टि

    अर्थसृष्टि

    ‘अर्थसृष्टि’ श्रव्यचिन्तनमा शब्दका माध्यमबाट बुझिने अर्थका बारेमा विवेचना गरिएको छ। स्वर वर्ण, व्यञ्जनवर्णहरू मिलेर शब्दको सृष्टि हुन्छ र ती शब्दहरूको अवस्थिति चक्रहरूमा रहेको हुन्छ। तिनै शब्दहरूको संयोजनबाट धातुहरू बन्दछन्। शब्दहरूको विशेष संयोजनबाट बनेका धातुहरूमा प्रत्यय र उपसर्गहरू लागेर अनेक अर्थहरू बोधित हुन्छन्। यसरी अर्थको ज्ञान गराउनका लागि तीन शक्तिहरू छन्- अभिधा, लक्षणा र व्यञ्जना। धातु र प्रत्ययका माध्यमबाटै वक्ताको तात्पर्य बुझिने शक्ति अभिधा हो। मुख्यार्थको बाध भएर अन्यार्थबोध भएमा लक्षणा हुन्छ। अभिधा, लक्षणाबाट पनि वक्ताको आकांक्षा नबुझिएमा व्यञ्जनाशक्तिका माध्यमबाट अर्थ बुझिन्छ। यसरी त्रिविध शक्तिका माध्यमबाट बुझिने अर्थको रस ९ प्रकारका हुन्छन् - शृंगार, वीर, करुण, अद्भुत, हास, भयानक, वीभत्स, रौद्र र शान्त। यसरी शब्दका माध्यमबाट विविध भावहरू व्यक्त हुनु पनि कुण्डलिनी शक्तिको नै प्रभाव हो।



    Arthasrishti' audio-contemplation discusses the meaning understood through words. A word is formed by combining vowels and consonants. The position of those words is in the chakras. Root words are formed by the combination of those words. Roots made from special combinations of words have many meanings by adding suffixes and prefixes. There are three powers for imparting knowledge of meaning- Abhidha, Lakshana and Vyanjana. The power to understand the meaning of the speaker through roots and suffixes is the Abhidha. Lakshana is used when there is a sense of ambiguity due to obstruction of the main meaning. If the aspirations of the speaker are not understood even from Abhidha and Lakshana, the meaning is understood through Vyanjana. Thus there are 9 types of feelings that can be understood through the threefold power - Srinagar(beauty), Veer(heroism), Karuna(compassion), Adhbhut(wonderful), Haas(humor), Bhayanak(horror), Vibhatsa(odious), Raudra(fury) and Shanta(calm). The expression of various emotions through words is also the effect of Kundalini-shakti.

    • 13 min
    शब्दसृष्टि

    शब्दसृष्टि

    ‘शब्दसृष्टि’ श्रव्यचिन्तनमा व्यष्टि-समष्टि सम्बन्धले शब्दको सृष्टिका बारेमा विवेचन गरिएको छ। शब्दको सृष्टि चार तहमा हुने गर्दछ- परा, पश्यन्ती, मध्यमा, वैखरी। समस्त विश्वमा शब्दसृष्टि हुँदा प्रथमत: नाद, बिन्दु हुँदै ॐको सृष्टि हुन्छ। ॐबाट सप्तस्वर- सा (षड्ज), रे (ऋषभ), ग (गान्धार), म (मध्यम), प (पंचम), ध (धैवत), नि (निषाद) आउँछन्। ७ स्वरमा विविध विकार र संयोजन भएपछि वर्णहरू सृष्टि हुन्छन्। ती वर्णहरू हुन्- १६ स्वर वर्ण(अ-अ:), व्यञ्जनवर्ण (कवर्ग क ख ग घ ङ, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, य,व,र,ल,श,ष,स,ह,क्ष)। यिनै शब्दहरूको विशेष संयोजनबाट धातुहरू बन्दछन् र तिनै धातुहरूको विशेष अर्थहरूका माध्यमबाट अनन्त सृष्टिको विवेचन गर्न सकिन्छ। जीवको शरीरबाट पनि शब्दसृष्टि हुन्छ र त्यसको कारण कुण्डलिनी शक्ति हो। आभ्यन्तर र बाह्य प्रयत्न गरेर हामीले शब्द उत्पादन गर्छौं। यसरी शब्द उत्पादन हुँदा परावाक् मूलाधार चक्र(शक्ति सञ्चालन हुने केन्द्र)बाट, पश्यन्तीवाक् स्वाधिष्ठान चक्रबाट, मध्यमावाक् अनाहत चक्रबाट र वैखरीवाक् विशुद्ध चक्रबाट निक्लन्छ। यसरी शक्तिका माध्यमबाट शब्द सृष्टिको विवेचन गरिएको छ।



    In 'Shabdasrishti' audio-contemplation, the individual-collective relationship is discussed about the creation of words. The creation of words takes place in four levels- Para, Pashyanti, Madhyama, Vaikhari. When words are created all over the world, first of all, Naad is created.From Naad comes Bindu ,and then Om. From Om comes Saptaswara- Sa (Shadja), Re (Rishabha), G (Gandhara), Ma (Madhyam), Pa (Pancham), Dha (Dhaivat), Ni (Nishad). Characters are formed when there are various disorders and combinations in the tone. These letters are: 16 vowel letters (अ-अ:), consonant (कवर्ग क ख ग घ ङ, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, य,व,र,ल,श,ष,स,ह,क्ष). Root words are formed by the special combination of these words, and through the special meanings of those roots, all of creation can be interpreted. Words are also produced from the body of the living being and the reason for that is Kundalini-shakti. We produce words by internal and external effort. When the word is produced in this way, it comes out in 4 steps- Paravak from Muladhara Chakra(center of power operation), Pashyantivak from Swadhisthana Chakra, Madhyamavak from Anahat Chakra and Vaikharivak from Vishuddha Chakra. Thus the word creation is interpreted through Kundalini-shakti.

    • 19 min
    लययोग परिचय

    लययोग परिचय

    ‘लययोग परिचय’ श्रव्यचिन्तनमा प्रकृति र पुरुषका संयोगका कारण बनेको ब्रह्माण्ड र पिण्ड(शरीर)को विवेचना गरिएको छ। ब्रह्माण्ड समष्टि समस्त सम्बन्धले बनेको छ भने शरीर व्यष्टि फरक-फरक सम्बन्धले बनेको छ। यसो हुनाले जसरी ब्रह्माण्डमा ग्रह, नक्षत्र, राशि, देवता, पितृहरू रहन्छन् ,त्यसरी नै हाम्रो शरीरमा पनि तिनको स्थिति रहेको हुन्छ। हाम्रो शरीरलाई धारण र सञ्चालन गर्ने विविध शक्तिहरूको स्थिति र गति थाहा पाएको साधक सम्पूर्ण ब्रह्माण्डको नै ज्ञान गर्न सक्षम हुन्छ। शक्तिहरू पनि स्थूल र सूक्ष्म हुन्छन्। स्थूलशक्तिलाई सूक्ष्मशक्तिमा लय गर्नु नै लययोगको लक्ष्य हो। शरीरमा शक्तिसञ्चालन ७२००० नाडीहरूको माध्यमबाट हुन्छ। तीमध्ये देब्रे नासिकासँग सम्बद्ध इडानाडी, दाहिने नासिकासँग सम्बद्ध पिङ्गलानाडी र मेरुदण्डको मध्यसँग सम्बद्ध सुषुम्णानाडीको विशेष प्रभाव लययोगमा विवेचन गरिन्छ। यी नाडीहरूको पनि सञ्चालनको मूल शक्तिस्रोत कुण्डलिनी हो। यसै कुण्डलिनी शक्तिलाई ईश्वरमा लय गराउनु नै लययोग हो।



    The universe and the body formed due to the relation of Prakriti and Purusha are discussed in the 'Layayog Parichaya'. The universe is made up of all relationships between Prakriti and Purusha, while the body is made up of the same relationships but is subjectively distinct. Just as there are Grahas(planets), Nakshatras(constellations), Rashis(zodiacs), Devas, and Pitris in the universe, they have a position in our body too. The seeker who knows the position and motion of the various shaktis that hold and operate our body is able to know the whole universe. Shaktis are also sthula(gross) and sukshma(subtle). The goal of Layayog is to harmonize the sthula-shakti into sukshma-shakti. Shakti is transmitted to the body through 72,000 nadis(paths of shakti transmission). Of these, the ida-nadi associated with the left nostril, the pingala-nadi associated with the right nostril, and the sushumna-nadi associated with the core of the spinal cord are considered to have special effects in harnessing shakti. Kundalini is the main source of shakti for these nadis. Through sushumna-nadi Kundali-shakti is united with Ishwara. This is the main objective of Layayog.

    • 15 min
    हठयोग

    हठयोग

    ‘हठयोग’ श्रव्यचिन्तनमा हठयोगका ७ अङ्गको विवेचना गरिएको छ। षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान हुँदै समाधिमा पुग्नु नै हठयोगको लक्ष्य हो। हाम्रो शरीरमा प्राणवायु, मन र शुक्र सम्बन्धित हुन्छन्। हठयोगमा प्राणवायुमाथि नियन्त्रण प्राप्त गरेर मन र शुक्रलाई पनि नियन्त्रण गर्न सकिन्छ भनेर मानिन्छ। यसो गर्नका लागि प्रथमतः स्थूलशरीरलाई दृढ गर्नुपर्दछ। षट्कर्म- धौति, वस्ति, नेति, लौलिकी, त्राटक र कपालभाँति गरेर शरीरमा दृढता र शुद्धता आउँछ। यस्तो शरीरलाई कुनै एकठाउँमा स्थिर राख्नु आसन हो। अङ्गप्रत्यङ्गलाई विशेष अवस्थामा राखिराख्नु नै मुद्रा हो। त्यस्तै मनलाई कुनै विशेष स्थलमा नै राखिराख्नु प्रत्याहार हो। शरीरमा श्वास-प्रश्वासको गतिलाई नियमित पार्नु नै प्राणायाम हो। यसरी प्राणायाममा साधक निपुण भइसकेपछि उसले ज्योतिध्यान गर्न सक्छ। आफ्नो भ्रूमध्यमा ज्योतिको ध्यान गर्दै समाधिमा पुग्नु नै हठयोग को लक्ष्य हो। हठयोगको समाधिलाई महाबोधसमाधि भनिन्छ।



    The 7 steps of Hathayog are discussed in ‘Hathayog’. The goal of Hatha Yoga is to reach Samadhi through Shatkarma, Asana, Mudra, Pratyahara, Pranayama, Dhyana. Pranavayu, Mana and Shukra(sexual capability) are related in our body. It is believed that Mana and Shukra can also be controlled by gaining control over the Pranavayu . In order to do this, first of all, the Sthula-sarira(gross body) must be strengthened. Shatkarma - Dhauti, Vasti, Neti, Lauliki, Tratak and Kapalbhanti brings firmness and purity to the body. Asana keeps such a body stable in one place. Keeping different parts of the body in a special condition is Mudra. Similarly, keeping the Mana in a special place is Pratyahara. Pranayama is to regulate the rhythm of breathing in the body. In this way, after the seeker becomes proficient in pranayama, he can meditate on Jyoti. The goal of Hathayog is to reach Samadhi by meditating on the Jyoti in between one's eyebrows. The Samadhi of Hathayog is called Mahabodhasamadhi.

    • 30 min

Top podcasts de Cultura y sociedad

The Wild Project
Jordi Wild
A solas... con Vicky Martín Berrocal
Podium Podcast
LO QUE TÚ DIGAS con Alex Fidalgo
Alex Fidalgo
Yo documental
Uveobe
Sastre y Maldonado
SER Podcast
Arsénico Caviar
Podium Podcast