जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जुनिचाँदे गाँउपालिकामा ३८ प्रकारका औषधि पठाएको छ । सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा जाजरकोटको रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा नाम खुलाउन नचाहाने एक स्थानीयबासीले गुनासो राखेका थिए । पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधि समयमा पुग्न नसकेको उनको भनाइ थियो ।
信息
- 节目
- 频率一日一更
- 发布时间2024年1月16日 UTC 03:41
- 长度1 分钟
- 分级儿童适宜