जीवनकाे ५ मिनेट सन्ताेष संग ( 5 Minutes Of Life With Santosh)

5 Minutes of life with santosh

तपाईकाे जीवनकाे ५ मिनेट म संग, अांशुका कुरा , पिडाका कुरा , त्याे भन्दा माथि उठेर खुसीका कुरा , गराै ,याे Podcast सुनिसकेपछाडी जीवनलाई हरपल उत्सवका रुपमा मनाउनु भयाे भने म ठान्नेछु ,जीवनकाे ५ मिनेट सन्ताेषसंग ले केही अर्थ राख्याे तपाईकाे जीवनमा।

Выпуски

  1. 21.07.2020

    राखी गाैचनकाे कविता, मैलाे तन्ना

    ..तपाईकाे मन मुटु अनि मस्तिष्क लाई स्पर्श गर्ने एउटा कविता मैलाे तन्ना , राखी जी धेरै धेरै अाभारी छु । #मैंलो तन्ना # आउँछन् पालैपालो भोगेर जान्छन् तन्ना फेरिदैन पोखेर उन्माद आफ्नो तुस्टिको उच्छवास छोड्छन् मानौ म पानी हुँ आगो निभाएर जान्छन् मर्दहरु । बस म बुख्याँचा हुँ , समाजको कालो चस्माले मलाई वेश्या भन्छ , उ सम्झन्छ मुटु छैन मेरो मन छैन मेरो , आकांक्षा आशा र रहरहरु केहि छैनन् , एउटा विलासिताको सस्तो भाँडा हुँ म, मानवरुपी दानवहरु आउँछन् भाडा चुकाउँछन् र भोगेर जान्छन् । तर आज एउटा असल(?)मन आयो , मलाई स्पर्श गर्न , जसले सोध्यो पहिलो चोटि मेरो नाम आचानक़ मेरो खन्डहर मनमा आशाहरुको वीज पलायो बलात्कृत सपनाहरुमा उषाका लालिमाहरु छरिएँ , रहरसंग मेरो नारित्व उर्धांग भए स्वासप्रश्वास बढेर गयो झूट बोल्न सकिनँ त्यों विवशताको कथा नाम भनिदिएँ कानमै सुटुक्क वेश्या, ऊ झस्केर गयो , यों खण्डहर मेरो मन पुन: मरभूमि भयो म पनि झस्कें आफ्नै आवाजले के ऊ फेरि आउला र ? - राखी -

    4 мин.

Об этом подкасте