पैसाका कुरा

Sharecast Initiative Nepal

मानिसको सामाजिक, आर्थिक, शैक्षिक पृष्ठभूमि अनुसार पैसालाई बुझने तौरतरिका पनि फरक फरक पाईन्छन् । प्रायः मानिस पैसाका वारेमा कुरा गर्न नै चाहदैनन्, पैसालाई आफ्नो नीजि कुरा भन्ठान्छन् यति सम्म कि घरपरिवारमा समेत खुलेर छलफल, बहस हुदैन । पैसाका वारेमा मानिसका बुझाई, अनुभव, सिकाई, र धारणा के कस्ता छन् त? कार्यक्रमले पैसाका वारेमा मानिसका कथालाई बाहिर ल्याउन खोजेको छ । पैसाका वारेमा घरपरिवारमा खुलेर छलफल तथा कुराकानि हुने परिवार र पैसाका कुरै नहुने परिवारको कथा-गाथाहरु कार्यक्रमका मुख्य विषयबस्तु हुन । यसका साथै पैसा के हो, पैसाका वारेमा घरपरिवार तथा नीजि जिवनमा किन कुराकानि गर्ने, कुराकानि गर्दा के हुन्छ, पैसाको व्यवस्थापन कसरी गर्ने, आम्दानी तथा खर्चका योजना, तिनको प्राथमिकिकरण कसरी गर्ने, पैसाको जोखिम व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा मानिसका भिन्न भिन्न अनुभव, अनुभूति, जिवन भोगाईहरु र पैसाका बिषयमा अर्थविद, प्राज्ञ, अर्थशास्त्रि र वित्तिय जानकारहरुका राय, सल्लाह तथा विचारहरुलाई कार्यक्रमले समेट्ने छ । समग्रमा पैसाका वारेमा मानिसका अनुभव, अनुभूति, सिकाई र भोगाईहरुको संगालो हो पैसाका कुरा

  1. 22.11.2024

    अंक १४: पैसाका कुरा (काठमाडौका दुइ युवा उद्यमी)

    आजको कार्यक्रममा मैले दुई यूवा व्यवसायीको कथा लिएर आएको छु । विद्यार्थीकाल जेनतेन चलाएपछि अवसरको खोजीमा भौंतारिदै हिडेर पछि मिहेनतको बलमा सम्पन्न भएका अन्जन थापा र हेमराज लम्सालसँग राजन पराजुलीले कुराकानी गर्नु भा छ । सुरुमा अन्जन थापासँगको कुराकानी छ । वहाँ ट्राभल, ट्रेकिगं र होटल व्यवसायी हुनुहुन्छ । तर काम गर्ने बेलामा टेकिगं गाईड र भरिया बन्नु भयो । कहिले कहिले त भरिया पनि त्यति धेरै व्यवसायको मालिक कसरी हुन सक्ला भन्ने लाग्न सक्छ तर सत्य के हो भने धेरै इलमीको यात्रा यसैगरि शुरु हुन्छ । ३९ बर्षका हेमराज लम्सालपनि एसएलसी पछि लगत्तै काभ्रेबाट काठमाडौं आउनुभएको हो । आएर वहाँले हार्डवेर पसलमा कामदार हुनुभयो । काम गर्दागर्दै वहाँले घर निर्माण सम्बन्धी सरसमान बेच्ने हार्डवेर विजनेसका विविध पक्ष सिक्नु भयो । अनि पार्टनरसिपमा यस्तै पसल खोल्नुभयो । अहिले उहाँले पसल खोलेको ७ बर्ष भइसकेको छ । वहाँले गरेको संघर्ष र सफलताका बारेमा राजन पराजुलीले कुराकानी गर्न भएको छ ।

    39 мин.
  2. 26.03.2019

    पैसाका कुरा अंक १ (शुरुवाती अंक)

    यो पैसाका कुरा कार्यक्रमको पहिलो अंक हो, यसमा पैसाका कुरा सुन्नै नचाहने, कुरै गर्न नचाहने र पैसालाई झगडासँग मात्र दाजेर हेर्ने एक जना व्यवसायिको कथा र पैसाका वारेमा पारदर्शिढंगले परिवार भित्र कुरा गर्दा पैसाले परिवारलाई दिएको खुशिका वारेमा एक जना बिज्ञको आफ्नै कथा र पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने वारेमा उहाँको रायसल्लाह पनि कार्यक्रममा प्रस्तुत गरिएको छ । समग्रमा पहिलो अंकमा पैसाका वारेमा घरपरिवारभित्र कुराकानि, छलफल, सरसल्लाह पारदर्शि रुपमा गर्दा हुने फाईदाका वारेमा प्रस्तुत गर्न खोजिएको छ । दुवै कथाहरु निकै नै रोचक र जिवन्त छन् । कथा सुनिसकेपछि हामिलाई पनि पैसाका वारेमा सोच्न, छलफल गर्न र योजना गर्न तर्फ प्रेरित गर्छन भन्ने द्देयले यि कथाहरु प्रस्तुत गरिएको छ ।

    30 мин.
  3. 26.03.2019

    पैसाका कुरा अंक ३ (आवश्यकता र चाहना)

    पारिवारिक रुपमा या व्यक्तिगत जीवनमा, मानिसका आवश्यकता र चाहनाहरु असिमित हुन्छन् । ति असिमित आवश्यकता र चाहनाहरु मध्ये सर्वप्रथम कुन कुरालाई महत्व दिने भन्नेमा हरेक व्यक्तिका आआफ्नै अनुभवहरु हुन सक्छन् । कसैले परिवारमा छलफल गरेर कुन कुरालाई पहिलो प्राथमिकता दिने भन्ने कुरा निर्धारण गर्छन् त कसैले व्यक्तिगत तजविजीमा नै निर्धारण गर्छन् । आवश्यकता र चाहना मध्ये कुन कुरालाई बढी महत्व दिने त? आजको कार्यक्रममा हामीले यसै सेरोफेरोमा रही तिनजना व्यक्तिका विचारहरु बुझ्ने प्रयास गरेका छौँ । निर्माण व्यवसाय गर्नुहुने मिलन थापा, सार्वजनिक संस्थानका कर्मचारी रामप्रसाद रिमाल र समाजसेवी रिन्च्छेन योञ्जनका कुरा सुनिसकेपछि आवश्यकता या चाहना कुन कुरालाई पहिलो प्राथमिकतामा राख्ने भन्ने बारेमा थप प्रष्टता हुने अपेक्षा गरिएको छ ।

    27 мин.
  4. 26.03.2019

    पैसाका कुरा अंक २ (आवश्यकता र चाहना)

    हामीले व्यक्तिगत जिवनमा आफ्नालागि र परिवारका लागि विभिन्न किसिमका खरिदहरु गरिरहेका हुन्छौ । हामीमध्ये कतिपयले खरिदपूर्व परिवारमा त्यस विषयमा सल्लाह, छलफल र त्यसको आवश्यकताका वारेमा कुराकानि गरेरमात्र खरिद गर्छौ भने कतिपयले त्यसवारेमा सोच्दापनि सोच्दैनौ । के हामीले व्यक्तिगत वा पारिवारिक प्रयोजनका लागि गर्ने खरिद परिवारको आवश्यकता थियो वा हाम्रो चाहना मात्र हो भनेर कहिल्यै सोच्ने गरेका छौं ? आवश्यकता र चाहना पक्कै पनि फरक कुरा हुन । यस कार्यक्रमले यि दुई विचको अन्तर के रहेछ भनि खोतल्ने प्रयास गरेको छ । यस विषयमा प्रष्टताका लागि हामीले सामान्य जिवनयापन गरिरहनु भएका पूर्व मन्त्रि लालबावु पण्डित र कपडा व्यवसायि विना गुरुङ्गको कथा मार्फत बुझने कोशिस गरेका छौं । यस अंकमा प्रस्तुत गरिएका दुई भिन्न भिन्न कथा सुनि सकेपछि आम्दानी अनुसारको खर्च कसरि गर्ने? र आफ्ना चाहना र आवश्यकताको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने वारेमा थप प्रष्टता प्राप्त हुने अपेक्षा गरिएको छ ।

    30 мин.
  5. 26.03.2019

    पैसाका कुरा अंक ४ (लोभी कि मितव्ययी)

    मान्छेका स्वभाव थरिथरीका हुन्छन् । तिनै स्वभावहरु मध्येको एक स्वभाव हो मितव्ययी भएर आम्दानी र खर्चको अनुपात मिलाउने । तर यस्तो स्वभाव भएका मान्छेलाई समाजमा कसैकसैले लोभी पनि भन्छन् । आफ्नो आवश्यकता अनुसार सिमित ढंगले खर्च गर्ने व्यक्तिलाई किन लोभी भन्दारैछन् त? आजको कार्यक्रममा हामीले यसै सेरोफेरोमा रहेर तिनजना व्यक्तिका विचारहरु समेटेका छौँ । काठमाण्डौको नयाँ बानेश्वरमा होटेल व्यवसाय गर्नुहुने छविलाल शर्मा, नेपाल राष्ट्र बैँकबाट अवकाश प्राप्त अर्थविद केशब आचार्य र चट्याङ मास्टर उपनामले चिनिनुहुने व्यङ्ग्यकार कृष्णमुरारी गौतमका कुरा सुनिसकेपछि आवश्यकता अनुसार लोभी हुनु राम्रो कि नराम्रो भन्ने बारेमा थप प्रष्टता हुने अपेक्षा गरिएको छ ।

    24 мин.
  6. 26.03.2019

    पैसाका कुरा अंक ६ (विद्युतिय भूक्तानी)

    सुवास शर्मा र अमित अग्रवल दुबैजनाको आफ्नै किसिमको पहिचान छ । तर दुबैजनालाई एउटै कार्यक्रममा लिएर आउनुको कारण उहाँहरुबिचको समान कामको प्रकृति हो । वहाँहरु त्यो दुबैजना नेपालमा विद्युतिय वित्तिय कारोबार अर्थात विद्युतिय भुक्तानीको व्यवसाय गर्ने कम्पनीका उच्च नेतृत्वमा रहेका युवाहरु हुनुहुन्छ । सुवाश शर्मा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । एफवान सफ्ट नेपालको वित्तिय प्रविधिको क्षेत्रमा काम गर्ने नेपाली युवाहरुले संचालन गरेको बहुराष्ट्रिय कम्पनी हो ।यसले इसेवा, इसेवा पसल र नेपालमा अधिकांश बैंकहरुको मोबाइल बैँकिङ एप्लिकेशन निर्माण गर्छ । पोखरामा जन्मेहुर्केका सुवाश अहिले परिवारहित काठमाण्डौँमै बस्नुहुन्छ । अमित अग्रवाल खल्ती डिजिटल वालेटका संस्थापक मध्येका एकजना र निर्देशक हुनुहुन्छ । याे कम्पनी उहाँ र अरु ३ जना साथीहरु मिलेर १० बर्ष अघि इन्जिनियरिङ तेश्रो बर्ष अध्ययन गर्दैगर्दा सुरु भएको हो । २ बर्ष अघि सुरु गरेको पैसाको विद्युतिय कारोबार अर्थात डिजिटल वालेट सेवा खल्ती अहिले यो क्षेत्रमा परिचित भईसकेको छ ।

    42 мин.
  7. 21.03.2019

    पैसाका कुरा अंक १३ (बालबालिकासँग पैसाका कुरा)

    सामान्यतया हामीले घरपरिवारमा बालबालिकासंग पैसाका कुरा खास्सै गर्दैनौँ ? उनीहरुसँग पैसाका बारेमा कुरा गर्नुपर्छ भन्ने जरुरी पनि ठान्दैनौं । बालबालिकाले पैसा मागे किन चाहियो भनेर हप्काउँछौँ पनि होला । तर मन्टेसरी किन्डरवल्र्ड जस्ता थुप्रै निजी विद्यालयले कक्षमा पैसाका कुरा गर्न थालेका छन् । बास्तवमा बालबालिकासंग पैसाको कुरा गर्नु निकै महत्वपुर्ण कुरा हो । बालबालिकालाई आजै पैसाको रंग, हिफाजत गर्ने तरिका र महत्वबारे बुझाउँदै गए भोली हुनीहरुले यसको संरक्षणका साथै महत्वका बारेमा पनि बुझ्न सक्लान भनेर सबनम थापा सुब्बा, उहाँको विद्यालय टिम, त्यस्तै अन्य विद्यालयले थालेको अभियानका बारेमा कुराकानी ।

    24 мин.
  8. 14.03.2019

    पैसाका कुरा अंक ११ (विमाका बारेमा इतिबृतान्त)

    तपाँई हामी सबैले बीमा भन्ने शब्द त सुनेकै हौँला । खासमा बीमा भनेको तपाई हामी जो कसैलाई पनि, कुनै पनि कुराको आर्थिक नोक्सान हुँदा दिईने, क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा, बीमा गर्ने व्यक्ति, जस्लाई बिमित पनि भन्ने गरिन्छ, त्यो विमित र बीमा गरिदिने व्यक्ति, जसलाई बीमक पनि भन्ने गरिन्छ, यी दुई विच बीच सम्झौता हुन्छ । विश्वका प्रायः सबै देशमा विरामी हुँदा उपचार गर्ने मात्र होईन, नुनदेखि सुनसम्म र घरदेखि उद्योग व्यवसायसम्म, कृषिदेखि पशुपन्छीसम्मको विमा गर्ने चलन छ । पैसाको कुराको यो अंकमा हामीले विमा भनेकै के हो, नेपालमा केकेको विमा गर्न पाईन्छ र यसको महत्व के छ भन्ने बारेमा कुरा गर्दैछौँ । कुराकानीमा हामीसंग भोजराज शर्मा हुनुहुन्छ। भोजराज शर्मा हाल विमा समिति नेपालको विज्ञ सल्लाहकार हुनुहुन्छ । यस अघि उहाँले राष्ट्रिय बिमा संस्थानको कार्यकारी निर्देशकको भुमिका निभाउनुका साथै विमाकै क्षेत्रमा करिब ३ दशक विताईसक्नुभएको छ । साथी प्रकाश लामिछानेले विमा विज्ञ शर्मालाई विमाको अर्थ र यसका विभिन्न पक्षहरु बारेमा सोध्नुभएको छ ।

    26 мин.

Об этом подкасте

मानिसको सामाजिक, आर्थिक, शैक्षिक पृष्ठभूमि अनुसार पैसालाई बुझने तौरतरिका पनि फरक फरक पाईन्छन् । प्रायः मानिस पैसाका वारेमा कुरा गर्न नै चाहदैनन्, पैसालाई आफ्नो नीजि कुरा भन्ठान्छन् यति सम्म कि घरपरिवारमा समेत खुलेर छलफल, बहस हुदैन । पैसाका वारेमा मानिसका बुझाई, अनुभव, सिकाई, र धारणा के कस्ता छन् त? कार्यक्रमले पैसाका वारेमा मानिसका कथालाई बाहिर ल्याउन खोजेको छ । पैसाका वारेमा घरपरिवारमा खुलेर छलफल तथा कुराकानि हुने परिवार र पैसाका कुरै नहुने परिवारको कथा-गाथाहरु कार्यक्रमका मुख्य विषयबस्तु हुन । यसका साथै पैसा के हो, पैसाका वारेमा घरपरिवार तथा नीजि जिवनमा किन कुराकानि गर्ने, कुराकानि गर्दा के हुन्छ, पैसाको व्यवस्थापन कसरी गर्ने, आम्दानी तथा खर्चका योजना, तिनको प्राथमिकिकरण कसरी गर्ने, पैसाको जोखिम व्यवस्थापन कसरी गर्ने जस्ता विषयमा मानिसका भिन्न भिन्न अनुभव, अनुभूति, जिवन भोगाईहरु र पैसाका बिषयमा अर्थविद, प्राज्ञ, अर्थशास्त्रि र वित्तिय जानकारहरुका राय, सल्लाह तथा विचारहरुलाई कार्यक्रमले समेट्ने छ । समग्रमा पैसाका वारेमा मानिसका अनुभव, अनुभूति, सिकाई र भोगाईहरुको संगालो हो पैसाका कुरा