에피소드 3개

Podcast for Art Lovers.

Kala Anuragi Kala Anuragi

    • 예술

Podcast for Art Lovers.

    जे गरे पनि सुख छैन- प्रगति राई।। PRAGATI RAI ।। PODCAST SERIES।। S1.E3 ।। KALA ANURAGI।।

    जे गरे पनि सुख छैन- प्रगति राई।। PRAGATI RAI ।। PODCAST SERIES।। S1.E3 ।। KALA ANURAGI।।

    वादी विज्ञप्ति कवितामार्फत चर्चामा आएकी प्रगति राई 'लेखककी स्वास्नी' उपन्यासबाट आख्यानकार बनिन्। महिला मुद्दालाई सशक्त रुपमा उठाएका कारण उनको उपन्यास चर्चामा रह्यो । त्यसपछि 'बिर्सिएको मृत्यु' उपन्यास लेखेकी राईले हाल नयाँ उपन्यास लेखिसकेकी  छन् । प्रकाशनका लागि कोरोना-कहर सकिने प्रतीक्षामा छिन् । यो वार्ता भने उनी रोजगारीको सिलसिलामा कोरियामा रहेको बेला गरिएको हो । 'लेखककी स्वास्नी' प्रकाशन हुँदाताका झन्डै सात बर्षअघि फेसबुकमार्फत गरिएको यो वार्ताले उनको लेखन, सोच र दृष्टिकोण बुझ्न सहयोग पुग्नेछ ।
    👉 Log on for all the links: https://www.kalaanuragi.com
    👉 Facebook: https://www.facebook.com/kalaanuragi.page
    👉 Twitter: https://www.twitter.com/KalaAnuragi
    👉 Instagram: https://www.instagram.com/kalaanuragi
    👉 You can write to me:
    kalaanuragi@gmail.com  
    #PragatiRai #PodcastSeries #KalaAnuragi

    • 13분
    के छ सपना चपली गर्लको ? ।। बिनीता बराल ।। BINEETA BARAL ।। PODCAST SERIES।। S1.E2 ।। KALA ANURAGI।।

    के छ सपना चपली गर्लको ? ।। बिनीता बराल ।। BINEETA BARAL ।। PODCAST SERIES।। S1.E2 ।। KALA ANURAGI।।

    नेपाली सिनेमा क्षेत्रमा ‘चपली गर्ल’को परिचय बनाइसकेपछि बिनीता बराल कृषितिर हाम फालिन् । कृषिमा हेलिँदा–हेलिँदै अध्ययनका लागि अमेरिका पुगेकी उनी केही बर्षदेखि उतै छिन् । उतै प्रेमी तिलक पौडेलसँग विवाह गरिन् र छोरी कायाकी आमा भइसकेकी छिन् । बीचमा उनले उपन्यास लेखिन्– ‘जुइनो’ । विमोचनका लागि नेपाल आएकी थिइन् । त्यसै बेला जेठ २३, २०७३ (जुन ५, २०१६) को भेटमा उनको जीवन–यात्रा केलाउने लामो कुराकानी भएको थियो । उनलाई सम्झने, बुझ्ने र बुझ्न चाहने सप्पैका लागि यो उपयोगी सामग्री हुनेछ ।

    👉 Log on for all the links:
    https://www.kalaanuragi.com
    👉 Facebook:
    https://www.facebook.com/kalaanuragi.page
    👉 Twitter:  
    https://www.twitter.com/KalaAnuragi
    👉 Instagram:
    https://www.instagram.com/kalaanuragi
    👉 You can write to me:
    kalaanuragi@gmail.com

    #BineetaBaral #PodcastSeries #KalaAnuragi

    • 1시간 29분
    दलित विभेदः नदेखिने रक्तपात ।। आहुतिसँग संवाद ।। PODCAST SERIES।। AAHUTI ।। KALA ANURAGI।।

    दलित विभेदः नदेखिने रक्तपात ।। आहुतिसँग संवाद ।। PODCAST SERIES।। AAHUTI ।। KALA ANURAGI।।

    २०७१ साल साउन ९ गते शुक्रबार दिउँसो रेकर्ड गरिएको यो अडियोमा आहुतिले आफ्नो पृष्ठभूमिलाई मिहीन ढंगले सम्झेका छन् । राजधानीको काँठ, नैकापमा हुर्केका उनले सानै उमेरमा कसरी विभेदहरूसँग मुडभेड गर्नुपऱ्यो भन्ने कुरा यहाँ व्यक्त गरेका छन् । उनी कसरी राजनीति र साहित्यमा हेलिँदै गए भन्ने बिषयमा चर्चा गरेका छन् । उनी रेडियो नेपालमा स्वर परीक्षा पास गरेका गायक पनि थिए भन्ने तथ्य यहाँ खुलेको छ । उनले यहाँ आफ्नो बाल्यकालमा भेटेका शिक्षकदेखि राजनीतिक व्यक्तित्वसम्मको चर्चा गरेको छन् । यससँगै उनले आफ्नो विद्रोही चरित्रदेखि कम्युनिष्ट आन्दोलनमा देखिएको ढोंगबारे पनि बहस उठाएका छन् । यो छलफल आहुति र उनको दृष्टिकोण बुझ्न सहयोगी हुनेछ ।

    • 46분

인기 예술 팟캐스트

잠 못 이룬 그대에게
지혜의서재
책읽아웃
예스24
두말하면 잔소리
hemtube 햄튜브
The Book Review
The New York Times
이동진의 빨간책방
위즈덤하우스
라디오 북클럽 김소영입니다
MBC