..तपाईकाे मन मुटु अनि मस्तिष्क लाई स्पर्श गर्ने एउटा कविता मैलाे तन्ना , राखी जी धेरै धेरै अाभारी छु । #मैंलो तन्ना # आउँछन् पालैपालो भोगेर जान्छन् तन्ना फेरिदैन पोखेर उन्माद आफ्नो तुस्टिको उच्छवास छोड्छन् मानौ म पानी हुँ आगो निभाएर जान्छन् मर्दहरु । बस म बुख्याँचा हुँ , समाजको कालो चस्माले मलाई वेश्या भन्छ , उ सम्झन्छ मुटु छैन मेरो मन छैन मेरो , आकांक्षा आशा र रहरहरु केहि छैनन् , एउटा विलासिताको सस्तो भाँडा हुँ म, मानवरुपी दानवहरु आउँछन् भाडा चुकाउँछन् र भोगेर जान्छन् । तर आज एउटा असल(?)मन आयो , मलाई स्पर्श गर्न , जसले सोध्यो पहिलो चोटि मेरो नाम आचानक़ मेरो खन्डहर मनमा आशाहरुको वीज पलायो बलात्कृत सपनाहरुमा उषाका लालिमाहरु छरिएँ , रहरसंग मेरो नारित्व उर्धांग भए स्वासप्रश्वास बढेर गयो झूट बोल्न सकिनँ त्यों विवशताको कथा नाम भनिदिएँ कानमै सुटुक्क वेश्या, ऊ झस्केर गयो , यों खण्डहर मेरो मन पुन: मरभूमि भयो म पनि झस्कें आफ्नै आवाजले के ऊ फेरि आउला र ? - राखी -
Информация
- Подкаст
- Опубликовано21 июля 2020 г. в 15:23 UTC
- Длительность4 мин.
- Сезон2
- Выпуск2
- ОграниченияБез ненормативной лексики