A Collection of Poems and Letters

Ushuph Mahato

This podcast contains poems and letters of a teenage boy. Now that he is a grown-up he reminiscences the old memories and tries to project them in papers.

Episodes

  1. A letter from a Son to the Mother

    05/07/2021

    A letter from a Son to the Mother

    This is a letter from a son to her mother. As the picture depicts, the mother has been waiting for his son who has gone to the city a long time ago to study and to build up his career. During the struggles and hurdles he wrote a letter to her mother saying that although they have not met physically for a long time, she always comes in his dream and loves him. He told  the mother that he is very much willing to meet her but due to his failures, he has not the confidence to meet her and face the relatives. मलाई बुझ्ने कोशिस गर्नुहोला हैआमा सुन्छु गाउँघरमा आज तपाईंको छोरा खोइ भनेर सोध्छन् रे, पढ्नलाई शहर पठाएको छोरो आज उतै हरायो भन्छन् रे, शहरको रमझममा भुली आमाको ममता लाई हेला गर्यो भन्छन् रे। म बुझ्छु आमा तपाईंको वेदना छोराछोरीको ममता भित्र लुकेको तपाइको  सपना, आँखा काे नानी जस्तै सम्हालेर राख्नुभयो, आज उही नै वरपर नहुँदा तपाईंको मनमा उब्जेका प्रश्नहरूको सामना। तर मलाई पनि बुझ्ने कोसिस गर्नुस् आमा, माया मारेर तपाईबाट टाढा भएको होइन कहिलेकाहीं जिन्दगीसँग लड्दा लड्दै, अनि कहिलकाहि लड्दा लड्दै पनि नजित्दै गर्दा, हारेको अनुहार म तपाईंलाई कसरी देखाऊ ? प्रगतिकाे प्रश्न गर्ने समाजलाई म के भनु ? नातागोता काे हरदिनको कानेखुसी को उत्तर अहिले म सँग छैन आमा। तपाईं सोच्नुहुन्छ होला, म टाढिए, हृदय मेरो ढुङ्गा भयो, तर रातको सपनीमा तपाईंलाई चोट लाग्दा मुटु मेरो दुख्छ आमा, गाउँलेको कचकच तपाईंले सुन्नुपर्दा आँसु मेरो झर्छ आमा, साहुकारले म पढेको ऋण माग्दा ह्रदय छिया मेरो हुन्छ आमा, म मजबूर छु आमा मेरो आफ्नै हालतले, अप्रगतिले बढाएको अनिश्चयताले साथी भाई संग काे तुलनाले, समाजको दवावले, मन मेरो यहाँ पनि रुन्छ, जब आँसु त्यहाँ तपाईंको झर्छ आमा। तर म आउनेछु आमा एकदिन, जिन्दगीसँग काे संघर्षलाई जितेर, क्षरीक यो परिवेशलाई छोडेर, आउनेछु अनि थकाई मार्नेछु तपाईंको त्यो काखमा जहाँ सानोमा म लुकामारी खेल्थे, विसाउनेछु आफ्नो सपनीको भारी अनि पुछ्नेछु पसिना तपाईको पटुकीले, यो थकित जिन्दगीबाट विश्राम लिउला अनि देखाउँला तपाईलाई मैले सिंगारेको संसार।-2 केही समय देऊ है आमा, आँसु लाई पछेउरीले पुछेर दरिलो होऊ, सफलता र असफलताकाे लडाइँमा मलाई साथ देऊ तिम्रो पसिनाललाई केहि समय अझ धर्ती सिच्न देऊ समाज र इष्टमित्रको गाईगुँई लाई अन्देखा गरिदेऊ अठोट यो गर्छु की आमा, थोपा थोपा आँसुको मूल्य म तिर्नेछु हेला गर्ने समाजमा तपाईलाई उभाउनेछु नमस्कार नफर्काउने ठुलाहरुको शिर झुकाउनेछु अन्तिमपटकको आँसु झरेको समय भुलाउनेछु। तर लड्दा लड्दै पनि संघर्ष गर्दा गर्दै पनि, सफल म हुन सकिन, धन थुपार्न सकिन भने मलाई हेला नगर्नु है आमा, म त्यो चाहिँ सहन सक्दिन, साथीभाइको दूर दूर र छि छि म सहुला तर तपाईंको अपहेलना बोक्ने हिम्मत छैन ममा नातागोता र इष्टमित्र को अगाडि इज्जत घट्ला तर तपाईंको अगाडि इजतविहिन जिन्दगी जिउन सक्दिन। मलाई बुझ्ने कोशिस गर्दिनु होला है आमा, म सँग तपाईलाई राख्ने महल भएन भने, सरर गुड्ने मोटर गाडी चढाउन सकिन भने, दुई चार ओटा घडेरी अनि तिम्रो बुहारीलाई सुनले सिँगार्न सकिन भने लाज नमान्नु  होला है आमा, मलाई गाली होइन माया गर्नुहोला, आमाको ममतामा कमी नल्याउनु होला, धनसम्पत्तिको कमीकाे दोष छोरालाई नथुपार्नुहोला । अधुरो सपनाको रिस मलाई नपोख्नुहोला । मेरो हारले तपाईंको शिर नझुकाउनुहोला है आमा  । नभए मसँग कुनै ठाउँ रहनेछैन आमा, जहाँ म आफ्नो आँसु बहाउन सक्नेछु हृदयको क्रदन काे पीडा खोल्न सक्नेछु। ढोकाहरू सबै बन्द भएको देख्दा, आफ्नै अगाडि हुतीहारा शब्द सुन्दा आफ्नै श्रीमतीले इज्जत नगर्दा म कसरी बाँच्न सक्छुहोला आमा ? म कसरी बाँच्न सक्छुहोला ? त्यो बेला मलाई बुझ्ने कोशिश गर्दीनुहोला है आमा। सक्ने सम्म यो केटोले गरेकै हो भनेर सोचिदनुहोला है आमा। मलाई बुझ्ने कोशिस गर्नुहोला हैआमा

    5 min
  2. Colorful Love

    05/05/2021

    Colorful Love

    Inspired by this beautiful art done by my sister I wrote this poem.  A boy and a girl from different worlds and backgrounds meet at the dawn ie the intersection of their life. The boy describes his world to her and told her that how she completes him from every aspect. The boy told her that he will be waiting for the girl at that same point of life where their worlds intersect. दिन र रात जस्तै चंचल र शान्त तिमी र म  रङ्गीचङ्गी संसारमा हुर्किएकाे चंचल म, रात जस्तै शान्त तिमीलाई , उषाको पहिलो किरणमा साथी बनाए | साथ नछोडौला कहिल्य दिनले रात पछ्याए जस्तै, रङ्ग भरौला सधैँ मेरो रङ्गीन जीन्दगीबाट, पतझड को समय हरियाली भएर तिमी आउनु, पर्खी रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन्। पर्खी रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन् | हर बिहानी तिमी प्रेरणा भएर आउनु, हर साँझ म तिम्रो लागि अस्ताउनेछु, तारा जस्तै अटल भएर आउनु, चराजस्तै तिम्रो सपना को उडान म गराउनेछु। विश्वासका  साथ आउनु, मायाले आउनु, तिम्रो जीवनमा हावा हुरी चले, नयाँ आशाको टुसा म उमार्नेछु। हौसला भएर आउनु, सपना भएर आउनु, फरक परिवेश को भएता पनि मेरी भएर आउनु, अपुरो तिमी त्यसरी नै आउनु, पूरा म तिमीलाई गराउनेछु। रात तिमी दिन खोज्दै आउनु, सुटुक्कै आउनु  उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन् पर्खी रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन् | सधैझैँ मुस्कान लिएर आउनु, गालामा कोठी लिएरै आउनु, आँखामा सपना लिएरै  आउनु, कोरीबाटी कपाल फिजाएरै आउनु, कालो पहिरनमै  तिमी आउनु, रोएर होइन हाँसेर आउनु, मिर्मिरे उज्यालोमा आउनु, दिन संगको दुरी नबड्दै आउनु, बिहानीको मिठो घामको किरण हुदै आउनु , सितले दुबो नछोड्दै  आउनु , कस्तुरी  जस्तै हर्ससाथ  आउनु , आफ्नै भेस र भूसामा आउनु छोरी जस्तै आउनु आमा जस्तै आउनु तयार रहनेछु उही प्रारम्भमा जहाँ दिन र रात जोडिन्छन् पाउनेछौ मलाई  उही प्रारम्भमा जहाँ रात र दिन जोडिन्छन् ।

    2 min

About

This podcast contains poems and letters of a teenage boy. Now that he is a grown-up he reminiscences the old memories and tries to project them in papers.