अस्ट्रेलिया बुझ्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।

  1. 6d ago

    Who really runs Australia, and where you fit in | How Australia Works - अस्ट्रेलिया वास्तवमा कसले चलाउँछ, र त्यसमा तपाईँको भूमिका कहाँ छ | अस

    Do you know who can help you with a business permit, a rental problem or family support? Through the stories of Fedele, Carol and Abeer, learn how Australia’s three levels of government work. Find out what local, state or territory, and federal governments are responsible for and where to turn for help. - के तपाईँलाई व्यवसाय गर्न अनुमति, घर भाडासम्बन्धी समस्या वा पारिवारिक सहयोगका लागि कसले मद्दत गर्न सक्छ भन्ने थाहा छ? फेडेल, क्यारोल र अबीरका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले कसरी काम गर्छन् भन्ने जान्नुहोस्। स्थानीय, राज्य वा प्रदेश, तथा सङ्घीय सरकारहरूका जिम्मेवारी के-के हुन्, र आवश्यक सहयोगका लागि कहाँ जानुपर्छ भन्ने बुझ्नुहोस्। How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्टको शृङ्खलाको पहिलो अङ्कमा, फेडेल आफ्नो व्यवसाय सुरु गर्न चाहन्छन्, क्यारोल घर भाडासम्बन्धी विवाद समाधान गर्ने प्रयासमा छिन्, र अबीर आफ्ना छोराछोरी हुर्काउने क्रममा सहयोगको आवश्यकता महसुस गर्छिन्।उनीहरूका कथामार्फत अस्ट्रेलियाका तीन तहका सरकारहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने बुझ्न सकिन्छ।साथै, कुन विषयका लागि कुन तहको सरकार जिम्मेवार छ भन्ने थाहा हुँदा आवश्यक जानकारी, सेवा र सहयोग सही ठाउँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने पनि जान्न सकिन्छ।Explore all episodes in the series in your language.अर्को अङ्कमा: अस्ट्रेलियाका कानून बनाउने, कार्यान्वयन गर्ने र लागू गर्ने प्रक्रियामा संसद्, कार्यकारी सरकार र अदालतको फरक-फरक भूमिका के हुन्छ भन्ने जान्नुहोस्। साथै, जरिवानाको निर्णयलाई चुनौती दिँदा के हुन्छ भन्ने पनि बुझ्नुहोस्।

  2. 6d ago

    You are already inside the system | How Australia Works - तपाईँ पहिले नै 'सिस्टम'को हिस्सा हुनुहुन्छ | अस्ट्रेलिया कसरी चल्छ

    How do Australia’s governments, laws and public services affect your everyday life? Through real stories, this introduction to the series shows you where to start when you need information and support, and how to question a decision. - अस्ट्रेलियाका सरकारहरू, कानून तथा सार्वजनिक सेवाहरूले तपाईँको दैनिक जीवनमा कसरी प्रभाव पार्छन् भन्ने विषयलाई यो शृङ्खलाले वास्तविक जीवनका कथामार्फत प्रस्तुत गर्दछ। साथै, आवश्यक जानकारी तथा सहयोग चाहिँदा कहाँबाट सुरु गर्ने, र कुनै निर्णयप्रति प्रश्न उठाउने वा त्यसको पुनरावलोकन माग्ने प्रक्रिया कसरी अगि बढाउने भन्नेबारे मार्गदर्शन प्रदान गर्दछ। How Australia Works is an SBS podcast that uses real stories and clear explanations to help you understand how government work in Australia, how laws are made and changed, and how you can have a say. Listen to the series and find shorter versions in 60 languages on the How Australia Works main page. - अस्ट्रेलिया कसरी चल्छ पोडकास्ट अस्ट्रेलियाको सरकार, कानून र नागरिक सहभागिताबारे बुझ्न सहयोग गर्ने एक उपयोगी शृङ्खला हो, जसलाई विशेष रूपमा आप्रवासी तथा बहुभाषिक समुदायलाई ध्यानमा राखेर तयार गरिएको छ।स्पष्ट जानकारी र वास्तविक जीवनका कथामार्फत यस शृङ्खलाले अस्ट्रेलियाका तीन तहका सरकार, संसद्, कार्यपालिका र अदालतहरूको भूमिका, साथै कानूनहरू कसरी बन्छन् र परिवर्तन गरिन्छन् भन्ने विषयलाई सरल रूपमा प्रस्तुत गर्छ। साथै, प्रश्न कसरी उठाउने, आफ्ना चासो र सरोकारहरू कसरी व्यक्त गर्ने, र सार्वजनिक निर्णय तथा प्रक्रियामा आफ्नो आवाज कसरी राख्ने भन्नेबारे पनि जानकारी दिन्छ।अस्ट्रेलिया कसरी चल्छ ६० वटा भाषामा उपलब्ध छ। Explore the series in other languages.अर्को अङ्कमा: तपाईँले दैनिक रूपमा प्रयोग गर्ने सेवाहरूका लागि सरकारको कुन तह जिम्मेवार हुन्छ भन्नेबारे जान्नुहोस्।

  3. Sep 24

    What are Indigenous Protected Areas in Australia? - आदिवासी संरक्षित क्षेत्रहरूबारे जान्नै पर्ने कुरा

    National parks, nature reserves, marine sanctuaries and Indigenous Protected Areas protect different environments and operate under different rules. What makes an Indigenous Protected Area different, and how can you find out whether you are welcome to visit? - अस्ट्रेलिया प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँका अनौठा वनस्पति र वन्यजन्तु नजिकबाट हेर्न धेरै मानिसहरू विभिन्न प्राकृतिक क्षेत्रहरूको भ्रमण गर्ने गर्छन्। यात्रा गर्ने योजना बनाउँदा तपाईँले ‘नेसनल पार्क’, ‘नेचर रिजर्भ’, ‘मरिन पार्क’ वा ‘आदिवासी संरक्षित क्षेत्र’ जस्ता ठाउँहरूको बारेमा सुन्नुभएको हुन सक्छ। यी सबै क्षेत्रहरूको उद्देश्य, व्यवस्थापन र नियम फरक–फरक हुन्छन्। केही ठाउँहरू सबैका लागि खुला हुन्छन् भने केही स्थानमा प्रवेशका लागि विशेष अनुमति आवश्यक पर्न सक्छ। त्यसो भए, आदिवासी संरक्षित क्षेत्र भनेको के हो? यो अरू संरक्षित क्षेत्रभन्दा कसरी फरक छ? र त्यहाँ घुम्न जान पाइन्छ कि पाइँदैन भन्ने कसरी थाहा पाउने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, हामी आदिवासी संरक्षित क्षेत्रहरूको संरक्षणमा परम्परागत मालिकहरूको भूमिका र यी ठाउँहरू जाँदा सम्मानजनक व्यवहार कसरी गर्ने भन्नेबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  4. Sep 16

    Prostate cancer in Australia: Testing, treatment and support - अस्ट्रेलिया बुझ्नुहोस्: 'प्रोस्टेट' क्यान्सरबारे जान्नुपर्ने कुराहरू

    About one in five Australian men will be diagnosed with prostate cancer in their lifetime. Understanding the prostate, your risk and the options for testing can help with early detection and treatment. In this episode of Australia Explained, learn about prostate cancer, PSA testing, treatment and support. - अस्ट्रेलियामा पुरुषहरूको स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण विषयमध्ये प्रोस्टेट क्यान्सर एक हो। प्रोस्टेट पिसाब थैलीको तल रहेको सानो ग्रन्थि हो, जसले पुरुष प्रजनन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ। उमेर बढ्दै जाँदा प्रोस्टेटमा विभिन्न परिवर्तनहरू आउन सक्छन्। धेरैजसो परिवर्तन सामान्य र क्यान्सररहित हुन्छन्, तर केही अवस्थामा भने प्रोस्टेट क्यान्सर पनि हुन सक्छ। अस्ट्रेलियामा करिब पाँचमध्ये एक पुरुषलाई जीवनकालमा कुनै न कुनै समयमा प्रोस्टेट क्यान्सरको निदान हुने अनुमान छ। प्रारम्भिक चरणमा यो रोगले प्रायः कुनै लक्षण देखाउँदैन। त्यसैले आफ्नो जोखिमबारे जानकारी राख्नु, परीक्षण आवश्यक हुन सक्ने अवस्थाबारे बुझ्नु र चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रोस्टेट क्यान्सर के हो, यसको जोखिम कारकहरू, परीक्षण, उपचार तथा उपलब्ध सहयोगका बारेमा चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  5. Sep 15

    Travelling safely in rural and remote Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ग्रामीण तथा दुर्गम क्षेत्रमा यात्रा गर्नु अगि जान्

    Australia is a vast and diverse country to explore, but driving in rural and remote areas can involve conditions you may not encounter in cities. Knowing what to expect and how to prepare can help you travel more safely and confidently. - अस्ट्रेलिया घुम्न र नयाँ ठाउँहरू हेर्नका लागि निकै ठूलो र विविधतायुक्त देश हो। तर ग्रामीण तथा दुर्गम क्षेत्रमा गाडी चलाउँदा सहरमा भन्दा फरक र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। यस्ता ठाउँहरूमा यात्रा गर्दा के-कस्ता अवस्थाहरू आउन सक्छन् र त्यसका लागि कसरी तयारी गर्ने भन्ने कुरा थाहा पाउनु सुरक्षित र ढुक्क भएर यात्रा गर्नका लागि महत्त्वपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी ग्रामीण तथा दुर्गम क्षेत्रमा गाडी चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, यात्राअगि गर्नुपर्ने तयारी तथा सुरक्षित यात्राका लागि उपयोगी सुझावहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  6. Sep 12

    Birth and pregnancy care options in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्भावस्था र प्रसूति हेरचाहका विकल्पहरू

    If you're first-time parents in Australia, choosing where and how to give birth can feel overwhelming. Whether you go through the public or private health system, it is important to understand your options and know where to reach out for advice to make the right decision for you and your baby. - अस्ट्रेलियामा पहिलो पटक अभिभावक बन्दै हुनुहुन्छ भने, आफ्नो बच्चालाई कहाँ र कसरी जन्म दिने भन्ने निर्णय केही अन्योलपूर्ण हुन सक्छ। सार्वजनिक वा निजी स्वास्थ्य प्रणालीमध्ये जुन रोजे पनि, आफू र आफ्नो बच्चाका लागि सही निर्णय लिन उपलब्ध विकल्पहरूबारे बुझ्नु र आवश्यक सल्लाह कहाँबाट लिने भन्ने थाहा पाउनु महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा बच्चा जन्माउने विभिन्न विकल्पहरू, सार्वजनिक र निजी स्वास्थ्य प्रणालीबाट पाइने सेवा तथा निर्णय लिनुअघि ध्यान दिनुपर्ने कुराहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  7. Sep 11

    How can my child learn about Indigenous Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: बच्चालाई आदिवासी समुदायबारे कसरी सिकाउने?

    Supporting your child’s connection with the world’s oldest continuing living culture is one of the greatest gifts you can offer them while raising them in Australia. But if you’re new to the country, you may be unsure where to begin. Here are some starting points and ideas to help you and your child learn about Aboriginal and Torres Strait Islander peoples, cultures and history. - अस्ट्रेलियामा आफ्ना बच्चाहरू हुर्काउँदै गर्दा, उनीहरूलाई संसारकै सबैभन्दा पुरानो निरन्तर जीवित संस्कृतिसँग जोड्न सहयोग गर्नु, अभिभावकका रूपमा तपाईँले दिन सक्ने सबैभन्दा मूल्यवान् उपहारमध्ये एक हुन सक्छ। तर यदि तपाईँ अस्ट्रेलियामा नयाँ हुनुहुन्छ भने, यसको सुरुवात कहाँबाट गर्ने भन्ने अन्योल हुन सक्छ।अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी तपाईँ र तपाईँका बच्चाहरूले यहाँका आदिवासी समुदाय, उनीहरूको संस्कृति र इतिहासबारे थप जान्न सहयोग गर्ने उमेरअनुसारका शैक्षिक स्रोत, सामुदायिक गतिविधि र दैनिक जीवनका अनुभवहरूबारे चर्चा गर्दै छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

About

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।

More From SBS Audio