Kitab Charcha

Hari Sharma

किताब चर्चामा स्वागत छ!उकालो अभियानले सञ्चालनको दोस्रो वर्षमा आफ्नो माध्यमलाई फराकिलो बनाउने ध्येयसहित नागरिक  छलफल र बहसलाई स्थान दिन आफै तथा दोस्रो निकायसँगको सहकार्यमा विभिन्न 'अडियो प्रोजेक्ट' ल्याएको छ। यस्तै प्रोजेक्ट अन्तर्गतको कार्यक्रम 'किताब चर्चा'मा सञ्चालक हरि शर्माले वषौँदेखि अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श गर्नेछन्, केही समकालीन तथा 'क्लासिक' किताबबारे चर्चा हुनेछ। ती किताब समाजशास्त्र, अर्थशास्त्र र राजनीतिसँग सम्बन्धित हुनेछन्। यद्यपि, यस कार्यक्रमले कुनै पनि किताबको व्यावसायिक प्रवर्द्धन अथवा समीक्षाको उद्देश्य राख्दैन।------------------------------------------------------------------------------------------------------------------Welcome to Kitab Charcha! In a bid to diversify its stream of operations, and to contribute to civic space discussions/dialogues, Ukaalo Abhiyan, in its second year, launched and collaborated on various audio projects. On Kitab Charcha host Hari Sharma discusses books on various social issues that he has read over the course of several years. Some of the books are contemporary, and others are classics. The show is neither promoting those books for commercial purpose nor reviewing the contents. Sharma uses the books to provide contexts as he discusses ideas from sociology to economics to political science.

  1. MAR 13

    ALEXIS DE TOCQUEVILLE: DEMOCRACY IN AMERICA

    Democracy in America अलेक्सिस द टोकेभिलको सर्वकालिक महत्त्वपूर्ण पुस्तक हो, जसमा उनले अमेरिकी लोकतन्त्रलाई विश्लेषण गर्दै समाजमा लोकतान्त्रिक मूल्यहरूको प्रभावबारे गहिरो अध्ययन गरेका छन्। टोकेभिल सन् १८०५ मा फ्रान्समा जन्मिएका थिए, र १८३१ मा अमेरिका भ्रमण गर्न गएका थिए। त्यहाँ  उनले अमेरिकी समाज, नागरिक स्वतन्त्रता र शक्ति सन्तुलनको अभ्यासलाई नजिकबाट नियाले। यस अध्ययनको आधारमा उनले १८३५ मा पहिलो खण्ड र १८४० मा दोस्रो खण्ड प्रकाशित गरे। पुस्तकमा उनले यी महत्त्वपूर्ण प्रश्नहरू उठाएका छन्: के लोकतान्त्रिक संस्थाहरूले नागरिक स्वतन्त्रता सुरक्षित राख्न सक्छन्?लोकतन्त्रले समाजलाई एकताबद्ध गर्छ कि ध्रुवीकरण?लोकतन्त्रमा सशक्त नागरिक समाज र शक्ति सन्तुलन किन आवश्यक छ?

    32 min
  2. FEB 28

    MANU BHANDARI: MAHABHOJ

    राजनीतिक शक्ति केवल भाषण र चुनावको खेला होइन, यो व्यवस्थापकीय असक्षमता, भ्रष्टाचार, र सामाजिक अन्यायको कथासमेत हो। जब जनताको आवाज दबाइन्छ, राजनीतिमा कसको स्वार्थ रहन्छ? तपाईं किताब चर्चा सुन्दै हुनुहुन्छ। हामी अहिले भारतीय लेखकहरूका चर्चित आख्यान लेखन (fictional writings) माथि आधारित विशेष शृंखला प्रस्तुत गर्दैछौँ। अघिल्लो हप्ता हामीले मुख्यमन्त्री को चर्चा गर्यौं, र आजको अंकमा हरि शर्मा मनु भण्डारीको ‘महाभोज’ उपन्यासको चर्चा गर्दै हुनुहुन्छ। महाभोज एक राजनैतिक व्यंग्य हो, जसले प्रशासनिक असक्षमता, भ्रष्टाचार, र समाजमा देखिने राजनीतिक स्वार्थहरूको यथार्थ चित्रण गर्दछ। एक निर्दोष युवकको हत्यालाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कसरी शक्ति र स्वार्थले न्यायलाई कुहिरोमा हराउँछ भन्ने देखाउँछ । अब सुन्नुहोस्, हरि शर्माबाट मनु भण्डारीको महाभोज उपन्यासको चर्चा।

    23 min
  3. FEB 21

    ROBERT B. TALISSE - OVERDOING DEMOCRACY: WHY WE MUST PUT POLITICS IN ITS PLACE

    के लोकतन्त्रको अत्यधिक प्रयोगले समाजलाई ध्रुवीकृत बनाउँछ? सामाजिक वा व्यक्तिगत तहका हरेक कुराकानी राजनीति केन्द्रित हुन थाले भने लोकतन्त्र बलियो हुन्छ वा कमजोर? आजको अंकमा हरि शर्मा रोबर्ट बी. टलिसद्वारा लिखित पुस्तक "Overdoing Democracy: Why we must put politics in its place" को चर्चा गर्दै हुनुहुन्छ। टलिसले यस पुस्तकमा आधुनिक लोकतान्त्रिक समाजमा अत्यधिक राजनीतिकरणले कसरी सार्वजनिक जीवन र सामाजिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुभएको छ। लोकतन्त्र स्वस्थ रहनका लागि नागरिक सहभागिता आवश्यक छ, तर जब हरेक सामाजिक गतिविधि, सम्बन्ध र पहिचान राजनीतिक प्राथमिकताबाट निर्देशित हुन थाल्छ, तब लोकतान्त्रिक मूल्यहरू कमजोर हुन थाल्छन् भन्ने तर्क पुस्तकले गर्छ । "Overdoing Democracy" ले हाम्रो सामाजिक र व्यक्तिगत जीवनलाई पुनर्विचार गर्न आग्रह गर्दै लोकतन्त्रको सन्तुलित अभ्यास कसरी सम्भव छ भन्नेबारे विचार प्रस्तुत गर्दछ।

    21 min
  4. FEB 20

    CHANAKYA SEN: MUKHYAMANTRI

    राजनीति केवल नीति र सिद्धान्तको खेल होइन, यो शक्ति, अवसर, र संघर्षको कथासमेत हो। नेतृत्वको नैतिकता, सत्ता टिकाइराख्ने रणनीति, र व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म पुर्‍याउन सक्छ? तपाईं किताब चर्चाको २८औँ शृंखला सुन्दै हुनुहुन्छ। हामी आजबाट भारतीय लेखकहरूको चर्चित आख्यान लेखन (fictional writing) माथि आधारित विशेष शृंखला शुरू गर्दैछौँ। यस शृंखलाको पहिलो पुस्तक चाणक्य सेनद्वारा लिखित ‘मुख्यमन्त्री’ हो, जुन भारतीय राजनीतिमा देखिने सत्ता संघर्ष, अवसरवाद, र नेताहरूको महत्वाकांक्षालाई केन्द्रमा राखेर लेखिएको छ।अब सुन्नुहोस्, हरि शर्माबाट चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा ।

    28 min

About