SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. قبل ٢١ ساعة

    अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मना

    अनाङु परम्परागत मालिकहरूले उलुरु–काटा जुटा राष्ट्रिय निकुञ्ज आफ्ना समुदायलाई फिर्ता गरिएको चालिस वर्ष पूरा भएको अवसरमा स्मरण समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियामा आदिवासी भूमि अधिकारको लागि यो हस्तान्तरण फर्स्ट नेसन्स मानिसहरू र भूमि बिचको स्थायी सम्बन्धका लागि शक्तिशाली मान्यता तथा एक ऐतिहासिक क्षणको रूपमा लिइन्छ। यो विशेष अवसरमा आयोजित आधिकारिक उत्सवहरूमा नौ जना अनाङु परम्परागत मालिकहरूको प्रतिनिधिमण्डल लन्डन पुगेको र त्यहाँ उनीहरूले बेलायतका लागि अस्ट्रेलियाका उच्च आयुक्त स्टीफन स्मिथ र महाराजा चार्ल्ससँग भेट गरेका थिए। सुनौँ एक रिपोर्ट

    ١٠ من الدقائق
  2. قبل يوم واحد

    तिहार विशेष: केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग - १)

    नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। बिहीबार, अक्टोबर ९ दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रसारण भएको उक्त कार्यक्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। हाम्रो पोडकास्टको यो अङ्कमा केर्न्स रिजनल काउन्सिलमा इन्जिनियरका रूपमा कार्यरत सञ्जय पराजुली, ग्लोबल अर्गानाइजेसन अफ पिपल अफ इन्डियन ओरिजिन (गोपियो) केर्न्सका प्रमुख सुवास क्षेत्री तथा नर्स रोजिना क्षेत्रीसँग केर्न्सको बसाइँ, तिहार लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

    ١٨ من الدقائق

مقاطع ترويجية

٤٫٥
من ٥
‫١١ من التقييمات‬

حول

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

المزيد من SBS Audio

قد يعجبك أيضًا