Radio Sindhu 105 MHZ

Radio Sindhu

रेडियो कार्यक्रम अबको यात्रा

  1. 04/30/2021

    Abako Yatra EP-9

    आत्महत्याको जोखिम कम गर्ने उपायबारे कार्यक्रम तयार पारेका छौ । जिल्लाको आत्महत्याको तथ्याङ्रक सहितको रिपोर्ट, आत्महत्याको सोच त्यागेर पुरानै अवस्थामा फर्केका एक युवाको कथा र मनोविद् नगेन्द्र दंगालको कुरा समेटेका छौ ।  सिन्धुपाल्चोकमा दिनप्रतिदिन  आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि असारसम्ममा ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा छ । यो संगै गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् । यो आर्थिक वर्षमा साउन १ गदेखि अहिलेसम्म  ६४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ  ।  सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा  आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको पाईन्छ ।

    28 min
  2. 03/17/2021

    Abako Yatra EP-8

    सिन्धुपाल्चोकमा वार्षिक साढे ५ हजार माथि मानिसहरु बैधानिक तरीकाले विदेशमा काम गर्न गईरहेका छन् । अवैधानिक रुपमा जिल्लाबाट विदेश जानेपनि उत्तिकै छन् । सिमित रोजगारी, न्युन आर्थिक स्थिती , उच्च गरीवि आदिका कारण वर्षेनि   श्रम बजारमा प्रवेश गर्नै गरेका छन् । मलेसिया, खाडि मुलुक, वहराईन ,कुवेत ,साउदि अरब ,ओमान जस्ता मुलुकमा जानेहरु सङ्रख्याको हिसाबले द्येरै छन् ।   तथ्याङ्रक हेर्दा विना सिप, विना जानकारी, विना तालिम द्येरै जना कामका लागि विदेश गएको देखिन्छ ।यसैकै कारण होला,  नेपालको काठमाडौ स्थित एरपोर्टमा दैनिक ३ देखि ५ जनाको शव आईरहेको हुन्छ ।  तसर्थ   विदेश जाने सोचमा रहेका सा्रेतालाई लक्षीत गर्दै  हामिले  तयार पारेको अंक ८ तयार पारका छौ ।

    24 min

About

रेडियो कार्यक्रम अबको यात्रा