देउराली पडकास्ट

Deurali TV

Deurali Podcast

Episodes

  1. 04/02/2021

    मादिबाट धरान आउँदै गरेकाे यात्रुबाहक बस दुर्घटना, कम्तिमा १८ जना घाइते

    देउराली । संखुवासभा जिल्लाकाे धर्मदेवी नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा १८ जना घाइते भएका छन् ।  ४ण जना भन्दा बढी यात्रु बाेकी मादि नगरपालिकाबाट धरान तर्फ आउँदै गरेकाे काे १ ख २८२४ नम्बरकाे शुभम डिलक्स  बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिकै बगरमा दुर्घटना भएकाे मादि नगरपालिकाका मेयर  विदुर लिङ्थेपले जनाएका छन् ।  उनका अनुसार दुर्घटनामा घाइत भएकाहरूलाई  गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीले उद्दार गरी धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा घाइतेहरू मध्ये १८ जना  उपचारकालागी ल्याइएकाे छ ।  अन्य केहि घाइते भने  स्थानिय हेल्पिङहेन्ड सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।  सडकबाट २० मिटर भन्दा तल खसेकाे बसकाे स्टेरिङ् फेल भएर दुर्घटना भएकाे बताइएकाे छ  ।  चालक धरान १५ का अन्दाजी वर्ष ५४ का विष्णु रसाईली इलाका प्रहरी कार्यालय चैनपुरकाे नियन्त्रणमा रहेकाे उक्त कार्यालयले जनाएकाे छ ।

  2. 04/02/2021

    ताइवानमा ट्रेन दुर्घटना हुँदा कम्तिमा ३६ जनाकाे मृत्यु

    ताइवानकाे एक सुरूङमा शुक्रबार बिहान यात्रुबाहक ट्रेन दुर्घटना हुँदा  कम्तिमा ३६ जनाकाे मृत्यु भएकाे छ ।  ताइवानका परवाहन मन्त्रालयले दुर्घटनामा परी कम्तिमा ७२ जना यात्री घाइते भएकाे र उनिहरूलाई उपचारकालागी अस्पताल पुर्याइएकाे जनाएकाे छ ।  ताइवान रेल्वे प्रशासनका अनुसार आठ क्यारेज ट्रेन ३५० जना यात्रु लिएर ताइतुग तर्फ गइरहेकाे थियाे ।   हुलिएनकाे उत्तरमा रहेकाे उक्त सुरूङमा उक्त ट्रेन बिहान करिब ९ ३० मा दुर्घटना भएकाे हाे ।  दुर्घटना स्थलमा केन्द्रिय आपतकालीन सेवाका टाेलीले उद्धारकार्य गरिरहेकाे  ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।

About

Deurali Podcast