It Shall Speak : त्यो बोल्ने छ

Millan Chamling Official

Sharing the word of God through podcast.

Episodes

  1. 09/11/2021

    के तपाईले परमेश्‍वरलाई ग्रहणयोग्‍य आराधना चढाइ रहनु भएको छ त?

    यशैया 1:11 NNRV परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ। जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र? व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ। तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌। आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।

    के तपाईले परमेश्‍वरलाई ग्रहणयोग्‍य आराधना चढाइ रहनु भएको छ त?

About

Sharing the word of God through podcast.