MAGAR KHAAM

Bishal Roka Magar

Welcome to Magar Khaam Chronicles, a podcast dedicated to the rich history, culture, and social life of the Magar Khaam tribe from the western hills of Nepal. Spoken in the language of the Magar Khaam people, this podcast explores the traditions, folklore, and identity of the communities from Rukum, Rolpa, Baglung, Pyuthan, and Dang. Join us as we dive deep into the oral histories, rituals, indigenous knowledge, and the evolving socio-political landscape of the Magar Khaam people. Tune in to rediscover the roots, voices, and stories that define the Magar Khaam heritage.

  1. गोपाल पुन मगर( शिङरोन) | विलुप्त हुँदै गइरहेको मगर खाम सङ्गीतको पुनर्जागरण

    06/20/2025

    गोपाल पुन मगर( शिङरोन) | विलुप्त हुँदै गइरहेको मगर खाम सङ्गीतको पुनर्जागरण

    Magar Khaam Podcast को यो विशेष एपिसोडमा होस्ट बिबेश बुढा मगरले स्वागत गरेका छन् *खाम भाषाका गायक, संगीतकार तथा गीतकार गोपाल पुन मगर (शिङरोन)*लाई, जसले दशकभन्दा लामो समयपछि हराउँदै गएको खाम भाषा र सङ्गीतको सुरताल फेरि जीवित बनाएका छन्।खाम बोलीमा गरिएको यो आत्मीय संवादमा, गोपाल पुन मगरले "मरुम, सी यु पराती" र "हुचुके" जस्ता लोकप्रिय गीतहरू सिर्जना गर्दै मगर खाम समुदायभित्र कसरी सांस्कृतिक चेतनाको नयाँ लहर ल्याएका छन्, त्यसबारे गहिरो अनुभव सुनाउनुहुन्छ।उहाँ स्वयं गाउने, संगीत भर्ने, र लेख्ने तीनवटै भूमिका निभाउने स्रष्टा हुनुहुन्छ, र यो बहुआयामिक योगदानले खाम भाषाको मौलिकता र भावनात्मक गहिराइलाई अझ जीवन्त बनाएको छ।उहाँले आफ्ना पिताज्यूबाट पाएको प्रेरणाको पनि स्मरण गर्नुहुन्छ, जो आफैं पनि खाम समुदायका सम्मानित गायक र संगीत साधक हुनुहुन्छ। पिताले बोकेको सांगीतिक मर्म, भाषाको आत्मा, र परम्परागत लयमा आधुनिक अनुभूतिको मिश्रणले उहाँलाई सधैं प्रेरित गर्दै आएको कुरा उहाँ खुलेर साझा गर्नुहुन्छ।गोपाल पुन मगर (शिङरोन) भन्नुहुन्छ —"खाम भाषा र सङ्गीतमा यति गहिरो आत्मा छ, जुन विश्वका कुनै पनि भाषाका कला र भावना भन्दा कम छैन।" यो एपिसोड सुन्नुहोस्, जहाँ एक सर्जकको जीवन सङ्घर्ष, मौलिकताको संरक्षणप्रतिको समर्पण, र खाम समुदायको पुनर्जागरणमा उहाँको निरन्तर यात्राको गहिरो कथा उजागर हुन्छ — हरेक शब्द, हरेक स्वरमा।

    1h 16m
  2. हरी बुढा मगर | आफ्नै खुट्टामा उभिन हिडेका , खुट्टा बिना सगरमाथा आरोहणको

    05/30/2025

    हरी बुढा मगर | आफ्नै खुट्टामा उभिन हिडेका , खुट्टा बिना सगरमाथा आरोहणको

    आज हाम्रो पाहुना हुनुहुन्छ विश्व कृतिमानी हरि बुढा मगर जो दुईवटा घुँडामाथिबाट खुट्टा गुमाएका पहिलो व्यक्तिका रूपमा सगरमाथा आरोहण गर्नु भयो । उहाँ हाम्रो मगर खाम समुदायबाट हुनुहुन्छ, र अझ रमाइलो कुरा हामी दुबै एउटै गाउँबाट हौं! यसैले आजको पोडकास्ट झनै भावनात्मक र विशेष बन्न गएको छ र यो कुराकानी हाम्रो आफ्नै मातृभाषा, मगर खाम (मिरुले) मा गरेका छौं। यस एपिसोडमा उहाँले नेपाल सरकार विरुद्ध किन मुद्दा दिनु भयो भन्ने बारे कुराकानी गर्ने छौ, जून यो कदमले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो चर्चा पायो।आफ्नै खुट्टामा उभिन हिडेको जीवनयात्रा कसरी खुट्टा बिना सगरमाथाको शिखरसम्म पुग्यो भन्नेबारे गहिरो कुरा गरेका छौं। हाम्रो संस्कृतिमा भनिन्छ  "आफ्नै खुट्टामा उभिनु" भनेको आत्मनिर्भर बन्नु हो। तर आज हरिका खुट्टा छैनन्, र पनि उहाँले संसारलाई देखाउनु भयो  खुट्टाको होइन, आत्मबल र साहसले मानिस उभिन्छ। उहाँ ब्रिटिश गोरखा सैनिक हुनुहुन्थ्यो। सन् २०१० मा अफगानिस्तानमा आईईडी विस्फोट हुँदा उहाँले दुवै खुट्टा गुमाउनु भयो।  उहाँको अपांगता अधिकारको वकालत, कानुनी संघर्ष, र विश्वव्यापी प्रेरणा बन्ने यात्राबारे हामीले कुराकानी गरेका छौं। Today, our guest is the world record-holder Hari Budha Magar, the first person to summit Mount Everest with both legs amputated above the knees. He comes from our Magar Khaam community, and what makes this even more special is that we both come from the same village! That’s why today’s podcast is especially emotional and meaningful — and we've had this conversation in our native language, Magar Khaam (Mirule). In this episode, we talk about why he filed a legal case against the Government of Nepal, a bold step that drew attention not just nationally, but internationally as well. We dive deep into his journey of walking toward independence — and how that very journey reached the summit of Everest without legs. In our culture, we say "to stand on your own feet" means to be self-reliant. Although Hari no longer has feet, he has shown the world that it’s not legs but inner strength and courage that truly lift a person up. He was a British Gurkha soldier, and in 2010, he lost both of his legs in an IED explosion in Afghanistan. We’ve discussed his advocacy for disability rights, his legal battles, and the inspiring journey that made him a global symbol of resilience and determination.

    30 min
  3. बिदेशको उज्यालो, गाउको सपना: लक्ष्मण मार्के मगर संग खाम मनका कुरा

    05/23/2025

    बिदेशको उज्यालो, गाउको सपना: लक्ष्मण मार्के मगर संग खाम मनका कुरा

    आजको "मगर खाम पोडकास्ट" मा होस्ट भागीसर (विवश) बुढा मगर संग हुनुहुन्छ विशेष पाहुना लक्ष्मण मार्के मगर। तकसेरा, रुकुमका स्थायी बासिन्दा लक्ष्मणजी हाल बेल्जियममा बसोबास गर्दै हुनुहुन्छ र त्यहाँ उप पञ्चप्रधानको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। उहाँ बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हुनुका साथै बिश्व मगर महासंघ, बेल्जियमका अध्यक्ष तथा मगरसङ्गका संरक्षक पनि हुनुहुन्छ। यो संवाद खाम भाषामा हुनेछ जहाँ उहाँको जीवन यात्राको कथा सुनिनेछ—कसरी एक जना गाउँको युवाले गाउमा बिजुली ल्याउने सपना बोकेर बिदेशको यात्रा सुरु गरे, र अहिले सम्म आइपुग्दा आफ्नो समुदायप्रति कस्तो समर्पण देखाउँदै आउनुभएको छ। सुनौं, अनुभव, सपना, र पहिचानको कथा—खाम भाषामै।

    1h 8m
  4. थवाङका शिक्षक उदय घर्ती मगरसँग: खाम समुदायको शिक्षाको यात्रा

    05/16/2025

    थवाङका शिक्षक उदय घर्ती मगरसँग: खाम समुदायको शिक्षाको यात्रा

    आजको पोडकास्टमा हाम्रो अतिथि हुनुहुन्छ थवाङ गाउँका सरकारी शिक्षक उदय घर्ती मगर। थवाङ — जुन दशक लामो जनयुद्धको केन्द्रबिन्दु रह्यो, र जहाँ एकपटक निर्वाचनसमेत रद्द गरिएको थियो — त्यही गाउँमा अहिले खाम समुदायका बालबालिकाहरूको शिक्षाको सपना पुरा हुँदैछ। हामीले आज उदय सरसँग कुरा गरेका छौं खाम समुदायको वर्तमान शैक्षिक अवस्था, चुनौतीहरू, सरकारी विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्ने संघर्ष र उनीहरूको समर्पित टोलीको प्रयासबारे। थवाङ जस्तो ऐतिहासिक र राजनीतिक दृष्टिले संवेदनशील गाउँमा शिक्षा दिने काम सजिलो छैन, तर त्यही कठिनाइमा उदय सरहरूले देखाइरहनु भएको प्रतिबद्धता प्रेरणादायी छ। यो पोडकास्ट सुन्दा तपाईंले थवाङको इतिहास मात्र होइन, एउटा समुदायले कसरी परिवर्तनको सपना देखिरहेको छ भन्ने पनि बुझ्नु हुनेछ। सुन्न नबिर्सनुहोस्!के तपाईंले थवाङको कथा सुन्नुभएको छ? आज हामी सँगै सुन्छौं परिवर्तनका पाइला, शिक्षा र सपनाहरूको कथा।

    1h 5m
  5. लाहुरे सपना असफल देखि विश्वकै ठूलो ट्रेल दौड च्याम्पियनशिपसम्म – थवाङका मनकुमार रोका मगरको सं

    05/09/2025

    लाहुरे सपना असफल देखि विश्वकै ठूलो ट्रेल दौड च्याम्पियनशिपसम्म – थवाङका मनकुमार रोका मगरको सं

    आजको विशेष पोडकास्टमा, हामीले आमन्त्रित गरेका छौं रोल्पा जिल्लाको थवाङ गाउँबाट आउनुभएका मनकुमार रोका मगरलाई। उनी हाल 'ट्रेल रनिङ' खेलमार्फत नेपालको प्रतिनिधित्व गर्दै युरोप, कोरिया, र हङकङसम्म पुगेका छन्। मनकुमार मगर, जो मगर खाम भाषामा (थवाङी र मिरुलेमा बोलिने छ) उनका बुबाआमा दशक लामो जनयुद्धको प्रत्यक्ष साक्षी र पीडित हुन्। युद्धपश्चातको कठिन बाल्यकाल, गाउँमा हुर्कंदा भोगेका अभाव र संघर्षका कथाहरू उनको जीवनको अभिन्न हिस्सा हुन्। उनी गोर्खा सेनामा भर्ती हुने ठूलो सपना बोकेका थिए। तर, उनी छनोट भएनन्। त्यसपछि, परिवारको आर्थिक अवस्था सुधार्न विदेश जाने योजना बनाए। युरोपको महँगो भिसा शुल्क तिर्न नसक्दा गल्फ देश जाने सोच बनाए, तर समयसँगै उनको जीवनले अर्कै मोड लियो। आज उनी नेपालका केही उत्कृष्ट ट्रेल धावकहरूमध्ये एक बन्न सफल भएका छन्। युरोप, कोरिया, र हङकङमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका मनकुमारले अब स्पेन २०२५ मा हुने विश्वकै सबैभन्दा ठूलो अल्ट्रा म्याराथन च्याम्पियनशिपका लागि आवश्यक अंक (points) प्राप्त गरिसकेका छन्। तर अहिलेको चुनौती भनेको – कोष संकलन (fundraising) हो। विश्व च्याम्पियनशिपमा सहभागी हुन उनलाई ठूलो आर्थिक सहयोग आवश्यक छ, जुन उनले सरकार, समुदाय र देशबासीबाट अपेक्षा राखेका छन्। यो पोडकास्टमा, हामीले मनकुमारको बाल्यकाल, जनयुद्धको प्रभाव, गोर्खा प्रयास, विदेश जान लागेको कथा, र अहिलेको प्रेरणादायी ट्रेल रनिङ यात्राबारे गहिरो कुराकानी गरेका छौं। साथै, उनी भविष्यमा आफ्नो समुदायबाट नयाँ खेलाडी उत्पादन गर्ने सपना पनि बाँड्छन्। सुन्न नबिर्सनुहोस् – एउटा असफलताबाट कसरी अर्कै सफलताको बाटो खुल्छ भन्ने जीवित उदाहरण हुन्, मनकुमार रोका मगर।

    32 min
  6. पहिलो खाम युट्युबर लजिम बुढा मगर: गाउँ फर्किएर बनाएका दृश्यहरूमा विश्वको नजर

    05/07/2025

    पहिलो खाम युट्युबर लजिम बुढा मगर: गाउँ फर्किएर बनाएका दृश्यहरूमा विश्वको नजर

    आजको पोडकास्टमा हामी भेटेका छौं लजिम बुढा मगरलाई — जो मगर खाम समुदायका पहिलो फिल्म निर्माता हुन् जसले युट्युबमा सबैभन्दा धेरै भ्यु र सब्स्क्राइबर कमाएका छन्।उनको यात्रा डकुमेन्ट्री फिल्म बनाउने मान्छेबाट सुरु भयो। पछि जापान गएका उनी परिवारसँग बस्दै थिए, तर  सबै सुविधा छाडेर आफ्नो गाउँ फर्कए। गाउँ फर्किएपछि लजिम अहिले युट्युबमार्फत मगर खाम समुदायको जीवनशैली, संस्कृति, लोककथा र मेहनतको जीविका देखाउँदै आएका छन्। गाउँका मानिसहरूको कथा, भेगको भाषा, हिँडडुल, रहनसहन, रित्तिएकाजस्ता लाग्ने कुरालाई उनी सजिलै बुझिने तर गहिरो भिडियो बनाएर संसारलाई देखाइरहेका छन्। यो पोडकास्टमा हामी लजिमसँग खुला कुराकानी गरेका छौं: कसरी उनी फिल्मबाट युट्युबर बने? जापानबाट किन फर्किए गाउँ? युट्युबबाट कति कमाइ हुन्छ? युट्युब उनको मुख्य आम्दानीको स्रोत कसरी बन्यो? गाउँ फर्केर कथा सुनाउने कुरा सजिलो थियो त? उनले किन मगर खाम संस्कृतिको दस्तावेजीकरण गर्न सुरु गरे? उनका सबै भिडियो हेर्न यहाँ जानुहोस्: https://www.youtube.com/@lajimbudha गाउँको माटोमा रोपिएका कथा, लजिमका क्यामेराले टिपेका दृश्य र युट्युबबाट फेरिएको जीवन — सबै सुन्न र बुझ्न आजको एपिसोड नछुटाउनुहोस्।

    47 min
  7. ७० रुपैयाँको पासपोर्ट र डीजल खाने मानिसहरू : दिलकुमार घर्ती मगरको ऐतिहासिक यात्रा

    04/27/2025

    ७० रुपैयाँको पासपोर्ट र डीजल खाने मानिसहरू : दिलकुमार घर्ती मगरको ऐतिहासिक यात्रा

    यो विशेष एपिसोडमा, होस्ट विवश बुढा मगरले एक अद्भुत यात्राको कथा प्रस्तुत गर्दैछन् — यात्रा जुन ७० रुपैयाँको पासपोर्ट बाट सुरू भयो र आज हजारौं मगर खाम युवाहरूको सपना बैदेशिक बनेको छ।हाम्रा पाहुना दिलकुमार घर्ती मगर, राप्ती अञ्चलको टकसेराबाट, आफ्नो अनुभव सुनाउनुहुन्छ — कसरी उहाँ २०३८ सालमा बराहाइन (बहराइन)देशमा कार्यरत हुन पहिलो कामदार भिसामा विदेश जानु भयो। मगर खाम (टकाले) भाषामा गरिएको यो अन्तरवार्तामा दिलकुमार घर्ती मगरले सम्झनुहुन्छ त्यो समय, जब ७० रुपैयाँमा राहदानी बन्थ्यो र विदेश जाने कुरा यति अनौठो लाग्थ्यो कि गाउँमा मानिसहरू भन्थे — "उता बिदेशका मानिसहरू डीजल खान्छन।" उहाँले परिवारसँग कुनै सम्पर्क बिना परदेशमा लामो समयसम्म गरेको कठोर श्रम, गाउँ टाढाको जीवन संघर्ष, र पहिलो पुस्ताले देखेको सपना पूरा गर्ने संघर्षको कथा साझा गर्नुहुन्छ। यो एपिसोड केवल एउटा यात्रा होइन — यो हो साहस, मेहनत, र भविष्यको खोजीमा गरिएको पहिलो पाइलाको सजीव सम्झना।

    46 min

About

Welcome to Magar Khaam Chronicles, a podcast dedicated to the rich history, culture, and social life of the Magar Khaam tribe from the western hills of Nepal. Spoken in the language of the Magar Khaam people, this podcast explores the traditions, folklore, and identity of the communities from Rukum, Rolpa, Baglung, Pyuthan, and Dang. Join us as we dive deep into the oral histories, rituals, indigenous knowledge, and the evolving socio-political landscape of the Magar Khaam people. Tune in to rediscover the roots, voices, and stories that define the Magar Khaam heritage.