SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

आल्बनिजी र ट्रम्पको पहिलो औपचारिक भेटमा के भयो?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजीबिच भएको ऐतिहासिक भेटमा महत्त्वपूर्ण खनिज सम्झौता भएको छ। सम्झौताले अस्ट्रेलियन खानी र प्रशोधन परियोजनामा ठुलो अमेरिकी लगानी भित्र्याउने बताइएको छ। तर कतिपयले भने अस्ट्रेलियन स्रोत र सार्वभौमिकतामा अमेरिकालाई धेरै नियन्त्रण दिन सक्ने डर रहेको भन्दै यसको आलोचना पनि गरेका छन्। एक रिपोर्ट।