
नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी
नेपालमा रहेको एउटा ‘भर्जिन पीक’ वा कहिल्यै नचढिएको भनिएको एक हिमाल चढ्ने उद्देश्यका साथ, अस्ट्रेलियाका आमाछोरीद्वय, सुकी सदर्न र क्लडिया सदर्न हाल नेपालमा छन्। यी आमा-छोरीले आरोहण गर्न खोजेको हिमाल ६ हजार मिटरभन्दा अग्लो रहेको र हाल कुनै ”आधिकारिक नाम नदिइएको” हिमाल रहेको सुकीले बताएकी छिन्। यदि सबै कुरा योजना अनुसार पुरा भएको खण्डमा उक्त हिमालको नामकरण नै “आमा-छोरी” गराउने प्रयास आफूहरूको उनीहरूले बताएका छन्। यसै विषयमा केही समय अगि, सुकी सदर्न र क्लडिया सदर्न अस्ट्रेलियामा नै रहेको बेला उनीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Informations
- Émission
- Chaîne
- FréquenceTous les jours
- Publiée30 septembre 2025 à 23:15 UTC
- Durée11 min
- ClassificationTous publics