SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. -12 MIN

    विपिन जोशीलाई यसरी सम्झन्छन् परिवार

    हमासद्वारा बन्दी बनाइएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेल फर्काइएको छ। यस हप्ता गाजा शान्ति योजनाको पहिलो चरणमा चार वटा मृत शरीरहरू फिर्ता गर्ने क्रममा, जोशीको शव पनि हमासले फिर्ता गरेको रिपोर्टहरूमा बताइएको थियो हो। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। सोमवारदेखि इजरेल-हमास सङ्घर्ष विराम सम्झौता भएपछि त्यस अन्तर्गत बन्धकहरू रिहा भएका थिए र सोही क्रममा हमासले जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव रेडक्रस मार्फत इजरेललाई बुझाएको थियो। पछिल्लो विकसित घटनाक्रम पछि जोशीका ठुलो बुवाका छोरा किशोर जोशी र उनलाई केही समय अङ्ग्रेजी विषय पढाएका शिक्षक राजेन्द्र जोशीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

    12 min
  2. -4 H

    How to donate blood in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रक्तदान कसरी गर्ने

    Each time you donate blood, you can save up to three lives. In Australia, we rely on strangers to donate blood voluntarily, so it’s a truly generous and selfless act. This ensures that it’s free when you need it—but it also means we need people from all backgrounds to donate whenever they can. Here’s how you can help boost Australia’s precious blood supply. - हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जनाको जीवन बचाउन सकिन्छ। अस्ट्रेलियामा हामी त्यस्ता मानिसहरूमा भर पर्छौँ जो अपरिचितहरूका लागि पनि स्वेच्छाले रक्तदान गर्छन्। यसले तपाईँलाई आवश्यक पर्दा निःशुल्क रगत सजिलै उपलब्ध गराउँछ। त्यसैले सबै पृष्ठभूमिका मानिसहरूले सकेको बेला रक्तदान गर्नुपर्छ भन्ने पनि महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा रगतको आपूर्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।

    9 min
  3. -21 H

    जितेर पनि हारेका नेपालका यी मोटरस्पोर्टस् स्वर्ण विजेता

    श्रीलङ्कामा शुक्रवार, २६ सेप्टेम्बरदेखि आइतवार, २८ सेप्टेम्बरसम्म भएको एसिया प्यासिफिक मोटरस्पोर्टस् च्याम्पियनसिप २०२५ मा नेपालले एक स्वर्ण पदक जित्न सफल भएको छ। श्रीलङ्का कार्टिङ सर्किटमा सम्पन्न उक्त प्रतियोगितामा अटो जिमखाना अन्तर्गत पुरुष एकल विधामा पहिलो हुँदै आशिष भारतीले नेपालका लागि सो ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएका हुन्। नेपालमा मूलधारको खेलकुदका रूपमा नरहेको र महँगो मानिने मोटरस्पोर्टस् प्रति लगाव फिलिपिन्समा इन्जिनियरिङ अध्ययन गर्दादेखि नै भएको उनले एसबीएस नेपालीलाई बताएका छन्। करिब एक दशकदेखि मोटरस्पोर्टसमा लागेका भारतीसँग मोटरस्पोर्टसमा उनको रुचि, सङ्घर्ष र सफलताबारे नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

    11 min

Bande-annonce

4,5
sur 5
11 notes

À propos

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Plus de contenus par SBS Audio