Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो

Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।

Episodes

  1. JUL 12

    NAWS Cup 2025: Macarthur takes the title as St. George wins open age category - नवाज कप सन् २०२५: ओपन एज तर्फ सेन्ट जोर्ज नेप्लिज, भेट्रनतर्फ मकार

    Nepali Australian Welfare Society (NAWS) Cup’s 26th edition recently concluded in Sydney. We spoke to NAWS President Chiran Tiwari, who says the competition and involvement in competitive soccer as a whole have been a good distraction for Nepali international students from falling into bad habits. - नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतबार, ६ जुलाईमा भएको फाइनल खेलमा ओपन एज तर्फ बेनी एफसीलाई चार शून्यले हराउँदै, सेन्ट जोर्ज नेप्लिज फुटबल क्लब विजयी बनेको छ। भेट्रनतर्फ आठ वटा टोली सहभागी भएका थिए जसमध्ये मकारथर क्लबले जित हासिल गर्न सफल भयो। नवाजका अध्यक्ष चिरञ्जीवी तिवारीले खेलका मध्यमबाट अस्ट्रेलिया आएका नयाँ विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न फुटबलले मद्दत गरेको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।

    4 min
  2. JUN 16

    ‘निकै राम्रो टिम वर्क’: सकरूजको विश्वकप यात्रा बारे राजु मानन्धरको विश्लेषण

    सन् २०२६ मा हुन गइरहेको फिफा विश्वकपको नयाँ संस्करणका लागि अस्ट्रेलिया छनौट भएको छ। जापान र साउदी अरेबियालाई हराएपछि विश्वकपका लागि अस्ट्रेलियाले स्थान पक्का बनाएको हो। यसै सन्दर्भमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व कोषाध्यक्ष एवम् नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। हामीसँगको कुराकानीमा उनले जापानलाई १६ वर्ष पछि हराउन सफल अस्ट्रेलियन टोली सकरूजको जीत पछाडि कुनै स्टार खेलाडी नभएर टिम वर्क रहेको बताएका छन्।

    6 min
  3. 01/08/2023

    This is how Nepali Community Football clubs are helping overcome social issues - 'भाइचारा र हातेमालो': खेलको माध्यमबाट नेपाली सामुदायिक फुटबल टोल

    In this 4th episode of "Nepali football in Australia" we spoke to Gum Bahadur Gurung from Sagarmatha Football Club in Sydney where he shared how his club is helping newly arrived students to overcome gambling and other mental health issues. - अस्ट्रेलियामा नेपाली फुटबलको चौथो भागमा हामीले खेलका माध्यमबाट नेपाली समुदायका सदस्यहरूले कसरी एकले अर्कालाई सहयोग पुर्‍याइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौ। यस भागमा सगरमाथा फुटबल क्लबका गम बहादुर गुरुङ्गले आफ्नो क्लबमा आबद्ध केही सदस्यहरूमा जुवा, रक्सी र लागु पर्दाथ जस्ता कुलतबाट छुटकारा पाउन पुर्‍याएको मद्दतका बारेमा चर्चा गरेका छन्। यस बाहेक मेलर्वनको 'फुटबल फर फन' नामक सामाजिक फुटबल टोलीमा लामो समयदेखि आबद्ध रहेका पेन्पा न्यामगेल र सफु जोशीले निजी समस्या हल गर्नेदेखि जागिर र करिअरका कुरामा क्लबका सदस्यहरूबिच हुने सहयोगका बारेमा चर्चा गरेका छन्।

    45 min
  4. 11/28/2022

    How did it start: The History of football for Nepali community members living in Australia - 'ट्याक्सी क्लब' देखि लाहुरेका छोराछोरीसम्म; नेपाली समुदायको

    In this first episode of “Nepali Football in Australia,” we talk about some challenges encountered by Nepali community members to start up community-based football in Australia back in the late 90s. And despite the challenges, for some of the players, how playing at the park led them to professional football grounds. - अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? पोडकाष्टको पहिलो भागमा अस्ट्रेलियाको पुरानो नेपाली सामुदायिक संस्था गोर्खा नेप्लीज कम्युनिटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्ने छौँ।

    22 min
  5. 10/12/2022

    Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो

    Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sport, to develop friendships during late 90s, and has continued to become a source of comradery and community bonding. - “अस्ट्रेलियामा नेपाली भकुन्डो” एसबीएसको नेपाली भाषामा उपलब्ध पोडकास्ट श्रृङ्खला हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरूको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपसी मित्रता गाँस्न कस्तो भूमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्नेछौँ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जनमदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकास्ट श्रृङ्खलामा कसरी अस्ट्रेलियामा सामुदायिक रूपमा खेलिने फुटबलले नेपाली युवाहरूलाई लागु औषध र जुवा तास जस्ता खराब सङ्गतबाट बच्न मद्दत गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्नेछौँ।

    2 min

About

Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।

More From SBS Audio